आत्महत्याको रेकर्ड डरलाग्दो बन्दै… रोकथाम अभियान दमकबाट शूरु

0
SHARES
157
VIEWS

राजकुमार ओली
विर्तामोड ,२५ भदौ
आत्महत्याको स्वरुप डरलाग्दो देखिएपछि झापाको दमकबाट आत्महत्या रोकथाम अभियान शूरु गरिएको छ ।

झापाको जिल्ला प्रहरी कार्यलय तथा सम्वन्धित निकायहरुको सहयोग लिएर आत्महत्या रोकथामको अभियान शुरु गरिएको हो ।,विश्वमा हाल बार्षिक ७ लाख मानिसले आत्महत्या गर्ने गरेको र नेपाल पनि आत्महत्याको उच्च जोखिममा रहदै आएको पाइएको छ ।

नेपालमा समेत आत्महत्या रोकथामका उपायहरु गर्न नेपाल सरकार तथा सम्वन्धित निकायहरु लागिपरेका छन ।

आज शनिवार अन्तराष्टिय आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेपाल भर पनि विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ ।तर दिवस मनाइरहदा नेपालको स्थिती भने भयावह देखिन थालेको पाइएको हो ।झापामा मात्रै पनि दैनिक दुइ तिन जनाले आत्महत्या गर्न थालेको कारणले मनोविद तथा सरोकारबालाहरु समेत चिन्तित बन्न थालेका छन ।

झापाको पछिल्लो घटना क्रममा आधार मान्दा यो कहालीलाग्दो परिस्थिती सामना गर्न असहज बन्दै गएको मनोविद तथा साइकोलिष्ट सरस्वती मिश्र बताउनुहुन्छ ।

स्थिती कहालीलाग्दो छ, समयमा नै उनीहरुलाइ परामर्श तथा हेरविचारमा ध्यान नदिने हो भने परिस्थिती नियन्त्रण भन्दा बाहिर जान सक्ने देखिएको हो ।

झापामा यो परिस्थिती नियन्त्रण बाहिर जान खोजेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँनु हुन्छ ।आउने दिनमा आत्महत्या नियन्त्रणमा सरकार तथा सम्वन्धित निकायहरुलाइ परिचालन गर्न जरुरी रहेको प्रजिअ रिजाल बताउँछन । ।झापामा समेत आफुहरुले अभियान नै चलाएर काम गरिरहेको झापाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणि पोखरेल बताउनुहुन्छ ,स्थिती नियन्त्रण बाहिर जान खोजिरहेको छ ।बैदेशिक रोजगार, कोभिडका कारण स्वास्थ्य समस्या, आर्थिक परिस्थितीको सामना गर्न असहज भएकोले आफुहरु चिन्तित भएको प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिएका छन ।

बैदेशिक रोजगारमा जानेहरुमा विदेशमा गएकोहरु तथा नेपालमा परिवार विदेशिएका आफन्तहरुमा धेरै मनोसामाजिक समस्या देखिएकोले मनोसामाजिक परामर्शको खाँचो देखिएको तथा यो अभियानले आजको भोलि नै नियन्त्रण गर्न सकिने भन्दा पनि केही समय लाग्ने र आफुहरु निजी तथा सम्वन्धित निकायहरुको सहयोग लिएर आत्महत्या रोकथाम अभियानमा लागेको साथै यो अभियान झापामा दमकबाट शूरु गरिएको रिजालले बताउनुभएको छ ।

 

आत्महत्या शुरुमा सोचाइ नै बनाएर योजनाबद्द किसिमले गर्ने पाइएकोले लक्षणहरु समेत देखिन सकिएकोले परिवारले समयमा ध्यान दिन सके आत्महत्या रोकथाम कम गर्न सकिने मनोविद मिश्र बताउछिन ।आउने दिनमा परिवारले आफ्ना आफन्तहरुमा देखिने मनोसामाजिक समस्याको बारेमा सचेतनामुलक कार्यक्रम गर्न सकिने हो भने आत्महत्या रोकथाममा नियन्त्रण गर्न नसकिए पनि कमि गर्न भने सकिने मिश्रको टिपिओ नेपालमा साइकोलिष्ट भएर काम गरेको अनुभव सुनाँउछिन

नेपालभर आज शनिवार केही सस्थाहरु तथा सरोकारबालाहरुले समेत आत्महत्या रोकथाम दिवसलाइ प्राथमिकता दिएर कार्यक्रमहरु आयोजना गरिरहेका छन । …नोट साइकोलोजिष्ट सरस्वती मिश्रसगँ गरिएको कुराकानीमा आधारित…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित