सहकारीको माध्यमबाट सदस्यहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड…शिक्षा बहुउद्देश्यीय सहकारी

0
SHARES
5
VIEWS

महिलाहरुलाई सीप तथा क्षमता विकास गराउने उदेश्यले झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सीपमूलक पोते बनाउने तालिम प्रदान गरेको छ ।

संस्थाको महिला उपसमितिले महिलाहरुको सीप तथा क्षमता विकास गराउने उद्देश्यले सात दिने पोते बनाउने तालिम दिएको हो । तालिममा सहभागीलाई प्रशिक्षक गंगा भट्टराईले प्रशिक्षण दिएकी थिइन् । भदौ २० गतेदेखि शुरु भएको तालिम आइतवार (आज) सम्पन्न भएको हो ।

संस्थाका महिला उपसमिति संयोजक उमा राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाकी सल्लाहकार समिति संयोजक सावित्राकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, सञ्चालक समिति सदस्य चीजा राई, यज्ञप्रसाद मिश्र, महिला उपसमिति सदस्य लक्ष्मी देवान, रुपा प्रधान लगायतको आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि लिम्बुले सहकारीको माध्यमबाट सदस्यहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन् । उनले यस प्रकारको तालिमले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बनाउन टेवा पुग्ने बताइन् ।

त्यस्तै, उपसमिति संयोजक चीजा राईले आफूले बजारमा महँगो मूल्यमा पोते किन्ने गरेको बताउँदै भनिन् ‘घरमै बसेर यति राम्रा सामानहरु बनाउन सकिने रहेछ’, यसले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने विश्वास छ ।’

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले आफूले सिकेको सीपलाई व्यहारमा उतार्न आग्रह गरे । उनले संस्थाले आत्मनिर्भर बनाउन तालिम आयोजना बताउँदै भने ‘संस्थाले यस प्रकारको तालिम अझै गर्दै जानेछ ।’ संस्थाकी सञ्चालक समिति सदस्य चीजा राईले समेत तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । कार्यक्रममा सहभागीहरुले तालिमबाट प्राप्त सीप र अनुभवका बारेमा बताएका थिए ।

तालिम प्रशिक्षक भट्टराईले आफूले अन्यत्रै धाएर सीप सिकेको बताउँदै यसबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । थोरै लगानीबाट घरमै बसेर आम्दानी गर्न सकिने भएकाले तालिमबाट सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । उनले बजारीकरणमा समस्या नरहेकाले आफूले बजारीकरणमा सहयोग गर्ने समेत बताएकी छिन् ।  कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दीपेश धौरालीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित