ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु

0
SHARES
12
VIEWS

भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन् ।

मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिएको थियो ।

आमाको कोखमा छोरी थिइन् । ट्रक दक्षिणबाट उत्तरतर्फ गइरहेको थियो । दुर्घटना पश्चात् ट्रक अनियन्त्रित भई पुलमाथिबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते समेत भएको छ ।

घाइतेहरू बिर्तामोड– २ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन् । उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ .purwanchal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित