प्रदेश स्तरिय खेलका ९ प्रतियोगिता झापामा

0
SHARES
6
VIEWS

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा हुने खेलहरु जारी रहेका छन् ।

शनिवार झापाको विर्तामोडमा तेक्वाण्डो लगाएतका खेलहरु भएभने शुक्रबार मेचीनगरमा महिला क्रिकेट प्रतियोगिता भएको झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आज शनिबार बिहान मेची रंगशालामा खो–खो र बिर्तामोडको सिटी सेन्टरमा तेक्वान्दो खेलका प्रतिस्पर्धाहरु भएका छन । प्रतिस्पर्धाका लागि जिल्लाबाहिरका टिम र खेलाडीहरु विर्तामोड र भद्रपुरमा आएर बसेका छन उनीहरु आइतवार सम्म झापा रहने आयोजकले बताएको छ ।

शुक्रवार काँकरभिट्टा माविको मैदानमा भएको महिला क्रिकेट प्रतिस्पर्धामा झापाको टिमले मोरङको टिमलाई ९ विकेटले पराजित गरेको छ भने पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५२ रन बनाएको थियो भने जवाफमा झापाले १ विकेट गुमाएर १० ओभरमा लक्ष्य पार गरेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा प्रतियोगिता उद्घाटन गरिएको थियो । मेचीनगरमा भएको खेलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ र उपप्रमुख मीना पोखरेल उप्रेतीले ब्याटिङ गरेर खेलको उद्घाटन गर्नूभएकोलकुद विकास समिति झापाका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिनुभएको छ उक्त खेलहरुको उद्घाटन समारोहमा क्रिकेट खेलाडी छनोट समितिका संयोजक एवम् जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शंकर थापा लगाएतले सम्योजन गरेका थिए ।

प्रदेश छनोटअन्तर्गत ब्याडमिन्टन काँकरभिट्टामा र शारीरिक सुगठनको छनोट खेल बिर्तामोडमा हुने आयोजकले बताएको छ

आर्चरी, कबड्डी महिला, पुरुष र खोखो महिला, पुरुष को छनोट प्रतियोगिता भने भद्रपुरमा हुने अध्यक्ष झापा खेलकुद विकास समितीका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित