विर्ताबजारको मुन्ना कम्पनीको विर्तामोडबाट सेवा सुचारु

0
SHARES
48
VIEWS

कालाइ कामदार,कामदारलाइ काम भन्ने नाराका साथ विर्तामोडमा मुन्ना कम्पनीको उद्घाटन गरिएको छ  .

बैदेशिक रोजगारबाट फर्किएका युवा तथा सिप सिकेको युवाहरुको समुहले विर्तामोडमा मुन्ना कम्पनी सन्चालन गरेका हुन ।
आज शनिवार विर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र सग्रौलाले एक कार्यक्रमका विच रिवन काटेर विश्वकर्मा को मन्दिरमा दियो जलाएर कम्पनीको उद्घाटन गर्नूभएको हो ।
कम्पनीले विर्तामोड तथा आसपासका बजारहरुमा इलोक्टोनिक्स,पल्वर,पेन्टस,फ्लेस सिलिडं,किचन डिजाइनर लगाएतका सवै किसीमका सेवा तथा सुविधाहरु एउटै छानाबाट दिने लक्ष्यका साथ यो कम्पनी सन्चालन गरेको बताएका छन ।

कम्पनी उद्घाटन समारोहमा विर्तामोड ३ का वडा अध्यक्ष मदन बुडाथोकी , विर्तामोड ७ का वडा अध्यक्ष कृष्ण अविरल खरेल, नेपाल उद्दोग सघंका केन्द्रिय उपाध्यक्ष अर्जुन मैनाली ,महेन्द्र रत्न उच्च माविका प्रअ खड्ग खरेल,लगाएतले युवाको टिमबाबाट सन्चालन भएको मुन्ना कम्पनीलाइ शुभकामना दिदै आउने दिनमा अझ ससक्त भएर काम गर्न सुझाव दिनुभएको छ ।कम्पनीका सन्चालक तथा इन्टेरियर डिजाइनर अभिसेक अधिकारीले आफुहरुले विदेशी शैलीमा छिटो तथा सस्तो किसीमबाट सेवा दिने योजनाका साथ यो कम्पनी सन्चालन गरेको बताउनुभयो।
विर्तामोड ३ विर्ताबजारका एक दर्जन युवाहरुको सामुहिक लगानीमा सन्चालन भएको यो मुन्ना कम्पनीले सजिलो सेवा समेत सन्चालन गरेकोले अव सवै घरायसी समस्याहरु यो कम्पनीले छिटो दिनेमा आफु विस्वस्त भएको बताउदे वडा अध्यक्ष मदन बुडोथोकीले आउने दिनमा युवा साथीहरुको सहयोगलाइ नजिकबाट नियाल्दै सवै मन जित्न आग्रह गर्नूभएको थियो ।
,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित