शिक्षा बहुद्देश्यीय सहकारी को शनिश्चरे केन्द्रको प्रतिनिधि छनौट सम्पन्न

0
SHARES
3
VIEWS

झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ ।

अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज इकाइगत प्रतिनिधि छनोट कार्यक्रम अन्तरगत प्रतिनिधि छनोट भएका हुन् । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
“ऋण लिने सोचले मात्र सहकारीमा सदस्य बन्ने गरेको पाइएकोछ’, उहाँले सदस्यहरुलाई ऋण लिएर आय आर्जनमा लाग्न आग्रह गर्दै भन्नुभयो, “सहकारीले दिएको ऋणलाई आयमूलक क्षेत्रमा लगाउनुपर्छ, ऋणकै कारण उठिबास हुने अवस्था आउन सक्छ ।”

कार्यक्रमका विशेष अतिथि अर्जुनधारा धामका मूल अर्चक अग्नि सिग्देलले सहकारीले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुव्रत न्यौपाने अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक युवराज निरौला लेखाको प्रतिवेदन, ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष न्यौपानेले संस्था आर्थिक रुपमा सबल भएको बताउँदै बाह्य ऋण भन्दा पनि सदस्यको बचतलाई नै परिचालन गरेर सदस्यलाई नै ब्याज दिने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्य ऋण लिएर भन्दा पनि सदस्यको बचतलाई हामीले प्राथमिकता दिएका छौं, जसले संस्था मजबुद हुनुका साथै सदस्य बढी लाभान्वित हुनेछन् ।”

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
कार्यक्रमा संस्थाका सल्लाकार संयोजक सावित्राकुमारी लिम्बू, सदस्य चन्द्रकला मिश्र, सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, यज्ञप्रसाद मिश्र, लेखा समिति सदस्य लक्ष्मी देवान, महिला उपसमिति संयोजक उमा राई, सेवा केन्द्र प्रमुख अञ्जना घिमिरे लगायतको सहभागिता रहेको थियो । संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गर्नुभएको थियो ।

मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६ सय १३ जना सदस्य छन् भने ३६ जना कर्मचारी कार्यरत रहेको संस्थाका व्यवस्थापक दीपेश धौरालीले जानकारी दिनुभयो । संस्थााको भालि बिहीबार सेवा केन्द्र धुलाबारीको अतिथि सदन धुलाबारीमा इकाइगत साधारणसभा हुँदैछ ।शिक्षा बहुद्देश्यीय सहकारी को शनिश्चरे केन्द्रको प्रतिनिधि छनौट सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित