उचाइ समाउने कोसिसमा नेप्से, तर केही समय गाह्रो

0
SHARES
33
VIEWS

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साताको पहिलो दिन आइतबार सकfरात्मक बाटो समाएको छ । गत बुधबार २५२४ अंकमा रोकिएको नेप्से सूचक आइतबार कारोबार खुल्दा २५३८ अंकमा पुगेको थियो ।

त्यसपछि केही समय बढ्दै गरेको नेप्सेमा ब्रेक लाग्यो र २५३१ अंकसम्म झर्यो । तर, त्यसपछि उक्लिने कोसिसमा रहेको नेप्सेले दिनभरको कारोबारमा तीनपटक झर्ने प्रयास पनि गर्यो । तर, बढ्दा नयाँ उचाइ लिने र घट्दा अघिल्लो घटाइभन्दा माथि नै बस्ने प्रवृत्ति लिँदै दिनभरमा ६०.४१ अंकले सूचक बढेर २५८४.९१ अंकमा रोकिएको छ  ।

आइतबारको नेप्से प्रवृत्तिले सोमबार पनि सुरुवातमा बढ्ने नै संकेत गरेको छ । तर, दिनभरमा बढ्ने वा घट्ने सुरुवाती कारोबार दबाबले निर्धारण गर्ने छ । संभवत यो साताभर बजार बढेर बन्द हुन सक्छ । तर, मूल्य लाभ लिन लगानीकर्ताहरू आक्रामक रूपमा प्रस्तुत भएभने बजार घट्न पनि सक्छ । किनभने पुस महिना राजस्व असुलीको मुख्य समय हो । वित्तीय बजारमा तरलता संकटको स्थित उस्तै छ ।

सरकारले पुसभित्र ३० प्रतिशत बिन्दुले विनियोजित बजेट खर्च गर्न निर्देशन दिए पनि त्यसको प्रभाव कस्तो छ हेर्नुपर्ने हुन्छ । अर्कोतिर धेरै कम्पनीहरूको मूल्य समायोजनका कारण सेयर मूल्य प्रभावित हुने र त्यसले बजारलाई पनि असर पुर्याउन  सक्छ ।

तर, कतिपय कम्पनीको मूल्य समायोजनपछि उच्च वृद्धि रहने कारणले त्यसको जोखिम कम पर्ने पनि देखिन्छ । जस्तै मूल्य समायोजन भएपछिको पहिलो कारोबार दिनमा हिमालय डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले नै बढेर बजार बन्द भएको छ । बुक क्लोजपछि प्रतिकित्ता ३९०० रुपैयाँ रहेको हिमालयनको सेयर मूल्य कारोबारको पहिलो दिन आइतबार ४३१८ रुपैयाँ पुगेको छ ।

आइतबार गत सातादेखि कारोबारमा आएको मध्य भोटेकोसीको सेयर मूल्य पनि सकरात्मक सर्किटनजिक पुगेर कारोबार भएको छ भने सूर्या लाइफको पनि ९ प्रतिशत भन्दा बढीले मूल्य बढेको छ । आइतबार सूचक बढाउन १६८ कम्पनीहरूको सेयर मूल्यमा बढोत्तरी आएको छ । आइतबारको कारोबार रकम गत सात तीन दिनको भन्दा बढी रहेको छ ।

गत साता ३ दिन ४ अर्ब रुपैयाँभन्दा कारोबार भएकोमा आइतबार ४ अर्ब १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसले पनि बजार बढ्ने रफ्तारलाई सकरात्मक सन्देश दिएको छ । तर, बदलिँदो परिवेश, पुसको दबाब र भर्खरै लाभांश लिएपछिको सुस्ताउने समय भएकाले पनि लगानीकर्ताहरू छिटो पुँजीगत लाभ उठाउन खोज्छन् । त्यसको प्रभावले बजार घट्न जान्छ ।

यद्यपि जीवन बिमा कम्पनीहरू र निर्जीव बिमा कम्पनीको लाभांश घोषणा गर्ने समय नजिएकाले त्यसको सकारात्मक प्रभाव पनि पर्न सक्छ । यद्यपी लगानीकर्ताहरु कारोबार वा लगानीकर्ता के हो ? त्यस आधारमा कम्पनीको वास्तविकता अध्ययन गरी लगानी गरेमा पछुताउनु पर्दैन ।

बढेको बजारमा पनि आइतबार १८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी गोर्खाज् फाइनान्सको सेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ । उता कारोबारमा भने हिमालय डिस्टिलरीले सबैलाई उछिनेको छ ।

सो कम्पनीको ४४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार