बृक्षारोपण गर्दै मनायो ८औ स्थापना दिवस ,नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले

0
SHARES
4
VIEWS

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले विविध सामाजिक कार्य गर्दै आठौ स्थापना दिवस मनाएको छ । महासंघ झापाले बिभिन्न नगर तथा स्थानमा बृक्षरोपन, खानेपानीको सार्वजनिक धारा निर्माणका लागि शिलान्यास, बृद्धाआश्रममा फलफूल वितरण गरेर स्थापना दिवस सम्पन्न गरेको अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए ।

दमकको रतुवामाई खोला किनारको बाँधमा बिभिन्न जातका तीनसय ५० वटा विरुवा रोपिएको, गौरादह नगरपालिका वडा नम्बर ७ स्थित ग्वालडुब्बाको नयाँ बजारमा दुई वटा खानेपानीका सार्वजनिक धारा निर्माणका लागि शिलान्यास गरेको र बिर्तामोडस्थित बृद्धाआश्रमका बृद्धबृद्धालाई फलफूल बितरणलगायतका कार्य  गरेको अध्यक्ष गिरीले बताए ।

गौरादहमा भएको धारा शिलान्यास कार्यक्रममा नगरका अध्यक्ष प्रकाश वास्कोटाको अध्यक्षता तथा महासंघ अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको जनाइएको छ । कार्यक्रममा वडाअध्यक्षसहित जनप्रतिनि र स्थानीयको उपस्थिति रहेको थियो ।

दमकमा भएको बृक्षरोपन कार्यक्रम नगर अध्यक्ष युवराज पाठकको अध्यक्षता तथा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै कार्यक्रममा बिशिष्ट आतिथिमा महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरी र  इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिपराज गिरी रहेका थिए ।  कार्यक्रममा जनप्रतिनिध, सशस्त्र प्रहरी, स्थानीय ब्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिर्तामोडमा भएको फलफूल बितरण कार्यक्रममा नगर अध्यक्ष गोपाल खनालको अध्यक्षता तथा केन्द्रिय सदस्य खगेन्द्र खरेलको प्रमुख आतिथ्य र महासंघका झापा संस्थापक अध्यक्ष टेकबहादुर खजुमको बिशिष्ट आतिथ्य रहेको थियो । झापाका प्रत्येक पालिका तथा स्थानमा महासंघले बिभिन्न सामाजिक कार्य गर्दै आठौं स्थापना दिवस मनाएको अध्यक्ष गिरीले जानकारी दिए sabdapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित