अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

0
SHARES
6
VIEWS

बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो ।

सामाग्री पाउनेहरुमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरि जम्मा ३० जना रहेका छन् । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यामुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उदेश्यले सामाग्री वितरण गरीएको बताइन् । यस प्रकारका सामाग्रीले दैनिक जिवनयापनमा केहि सहयोग पुग्ने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्वता जनाइन् ।

 

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले वितरण गरीएका सामाग्रीहरुको भरपुर उपयोग गर्न सबैलाई आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बनाउन नगरपालिका संधै तत्पर रहेको धारणा राखेका थिए ।

स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उदेश्यमाथि प्रकास पारेका थिए ।sajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित