दमकमा ,रतुवा र मावा नदीको जोखिम, ग्रीनबेल्टको योजना अन्तिम तयारीमा

0
SHARES
11
VIEWS

 

झापाको दमक नगरपालिका बर्खा याममा मुख्य २ नदिको चपेटामा पर्छ । पूर्वमा रतुवा र पश्चिममा मावा नदिले यहाँ हरेक वर्ष दुख दिने गरेको छ । तर केहि वर्ष देखी पूर्व तर्फ रहेको रतुवा नदिमा ग्रनि बेल्ड हरित हरित पेटिका निर्माण गरेपछि नदिको कटान कम हुनुका साथै बस्तिमा हुने जोखिम पनि घट्न थालेको छ । तर यसलाई संरक्षण र दिगो रुपमा टिकाई राख्न भने चुनौती जस्तै देखिएको छ ।

रतुवा नदिको किनार । यो नदिको पश्चिम तर्फ दमकका बस्तिहरु पर्छन । हरेक वर्ष यहि नदिका कारण आसपासका बासिन्दा बिस्थापीत हुने गरेका छन् । आफ्नो थाकथलो नै छोडेर अन्यत्र जानु पर्ने बाध्यता यहाँका नागरिकमा हुन्छ । यहि वर्षको गत असारमा परेको वर्षातले पनि रतुवा नदिका कारण दमक नगरपालिका वडा नं ७ का केहि घरमा क्षती गर्यो । बस्ने ठाउँनै छोडेर जानुपर्ने अवस्था आयो ।

यो समस्या पहिला दमकको वडा नं ७ मा मात्रै होईन । वडा नं १ , २, ७, ८ र १० सम्मै थियो । तर पछिल्ला केहि वर्षयता यस्ता जोखिम केहि कम हुँदै गएको छ । किनकी नदिको पश्चिम पट्टी हरित पेटिका बनाइएको छ । अर्थात खोला तर्फ जालीमा ढुङ्गा हालेर स्पर बनाइएको छ । झण्डै १० फिटको अग्लो बाटो जस्तै बनाइएको छ । सडकको रुपमा पनि प्रयोग गर्न मिल्ने गरिको यहाँ बाँध निर्माण गरिदै छ । यसले पूर्णता भने पाइसकेको छैन ।

 

यो बाँध बन्नु जति महत्वपूर्ण छ यसलाई रतुवाको भेल र बाढीबाट जोगाउनु पनि उत्तीकै चुनौतीपूर्ण छ । यही कुराको मद्यनजर गरेर आईतबार फर्निचर तथा फर्निसिङ व्यवसायी सघंले बृक्षारोपण गर्यो । केहि हद भएपनि बाढि रोकथाममा यो बृक्षारोपणले मद्यत पुग्ने विस्वास गरिएको सघंका झापा जिल्ला बरिष्ठ उपाध्यक्ष रोहित आचार्य बताउनु हुन्छ ।

गत असारमा आएको अविरल वर्षातका कारण दमकको वडा नं ७ निकै जोखिममा पर्यो । यहाँको रेडक्रसको पूर्व पट्टिका केहि घरहरुमा बस्ने नागरिकले आफ्नो घर त्याग्नु पर्यो । बस्दै आएको थाकथलो जोडेर अहिले यहाँका बाढीपिडतहरु पूःनस्थापीत हुन सकिरहेका छैनन ।

यो वर्षको वर्षातको समय सकिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार असोजको पहिलो साता सम्म पनि यो वर्षको मनसुन सकृय हुन्छ । अर्थात बाढि र डुबानको समस्या टरेको छैन । असारमा आएको बाढीको समयमा दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराई विभिन्न स्थानमा गएर स्थलगत अनुगमनमा सकृय बन्नु भयो ।कतिपय स्थानमा शशस्त्र प्रहरीसँगै डुबान नियन्त्रण गर्ने काममा खटिएको तस्विरहरुपनि सार्वजनिक भए ।

त्यस यता दमक नगरपालिकाले रतुवा र मावा नदि बस्तिमा पस्ने सम्भावती स्थानहरुको पहिचान गर्ने काम भएको उहाँले बताउनु भयो । ती स्थानहरुमा फलामको जालीमा ढङ्गा हाली स्पर बनाउने कामलाई अहिले निरन्तर्ता दिइरहेको उहाँको भनाई छ । नेपाल सरकारले एडिविको सहयोगमा लगाइएको तटबन्ध निर्माणको कामले पूर्णता पाएपछि मात्रै यसको दीर्घकालीन समस्या समाधान हुने उहाँले बताउनु भयो ।

अहिले दमकको वडा नं १, २, ७, ९ र १० सम्ममै ग्रीन बेल्ट बनाउँने काम भइरहेको छ । हुन त यो कच्ची नदि नियन्त्रण हो । यसमै पक्की र स्थाई प्रकारको तटबन्ध निर्माणले पूर्णता नपाएसम्म दमक रतुाव र मावाको जोखिममा रहिनै रहने भन्दै यहाँका स्थानीयबासीले त्यो काम चाँडै सम्पन्न गरिदिन अनुरोध गरेका छन्uujalobata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित