सामुहिक आत्महत्याको घटनापछि दले गांउमा छाएको आतंक

0
SHARES
63
VIEWS

राजकुमार ओली

कचनकवल पुगेर यस्तो देखियो ….
सामुहिक आत्महत्या भएको घटनाले झापाबासीहरु यतिखेर चिन्ता र भयमा बांचेका छन ।
झापाको कचनकवल ५ स्थित भारतिय सिमावर्ती क्षेत्र दले गाँउमा तिन जना किशोरहरुबाट भएको सामुहिक आत्महत्याको खवरले सिगों देश नै सल्बलाएको पाइएको हो ।
सम्भवत नेपालमै पहिलो पटक एकै गाँउका तिन जना किशोरी, एकै रुखमा झुण्डिएको पहिलो घटना भएको हो ।घटना भएको दिनदेखि स्थायिनबासीहरु त्रासमा बसेका छन ।

घटनापछि बालबालिकाहरुमा कस्तो असर पार्न सक्छ ?अवको यो कचनकवलमा गरिवीका रेखामुनि रहेका बालबालिकाहरुलाइ कसरी मनोबल उच्च बनाउन सकिनेछ भन्ने सम्मको सवालमा गाँउपालिका चिन्तित भएको उपाध्यक्ष नवराज भटराइले बताएका छन ।अवको केही दिनपछि नै विध्यालय तथा स्थानिय स्तरमा नै साइकोलोजिक विज्ञहरुको सहयोगमा मनोसामाजिक तालिमको आवस्यकता खड्किएको अध्यक्ष कालेन्द्र राजंबशीले बताए ।
स्थानियबासीहरुमा समेत आउने दिनको जोखिम र उत्पन्न हुन सक्ने विकराल स्थितीको बारेमा चिन्तित रहेको पाइएको छ ।

आत्महत्या भन्नाले आफुले आफैलाइ मार्न वा समाप्त पार्ने उद्देश्यले गरिने कार्यलाइ जनाउछ । व्याक्तिमा आत्महत्या गर्ने सोच ,योजना र कार्य उत्पन्न हुनका लागि प्रभाव पार्ने तत्वहरुको प्रमुख भुमिका रहन्छ ।

कतिपय आत्महत्याका घटनाहरु व्याक्तिले योजनाबद्द रुपमा गरेको हुन्छ भने कतिपय घटनाहरु आकस्मिक रुपमा घट्ने गर्दछन ।

आत्महत्याको घटनाले बालबालिकामा गम्भिर असर पर्न थालेको छ ।पछिल्लो समय झापाको कचनकवलमा भएको सामुहिक आत्महत्याको घटनाले स्थानिय क्षेत्रमा त्रास तथा बालिबालिकाहरुमा असर पारेको पाइएको छ ।उक्त घटनाले पार्न सक्ने सम्भावित जोखिमलाइ न्युनीकरण गर्नका लागि समय मै सरोकार तथा सम्वन्धित निकायले ध्यान दिनु जरुरी देखिएको छ ।

बालबालिकहरुमा देखिने मनोसामाजिक असरहरुले बालबालिकाहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव ह्वात्तै बढेको पाइएको छ ।आत्महत्याको घटनाहरु सार्वजनिक गर्दा हामीले सामाजिक सन्जालमा राख्ने फोटो तथा भिडियो कस्तो सम्म राख्ने र कसरी राख्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ ।आत्महत्या गरेको घटना स्पष्ट देखिने गरि सामाजिक सन्जाँलमा फोटो वा भिडियो सार्वजनिक गर्दा बालबालिकाहरुमा मानसिकरुपमा त्रास उत्पन्न हुनुको साथै यसरी पनि मर्न सकिने रहेछ भन्ने कुराको नकारात्मक शिक्षा हासिल हुन्छ ,जस्ले गर्दा भविष्यमा यस्ता किसीमका घटनाहरु दोहोरिने थप जोखिम बढ्ने देखिन्छ ।
आत्महत्या जस्तो घटनालाइ न्युनीकरण र रोकथाम गर्नको लागि सचेतनामुलक कार्यक्रमहरु गरिनु आवस्यक देखिन्छ ।आत्महत्याको कारणहरुलाइ खोतल्ने हो भने आर्थिक ,पारिबारिक ,शैक्षिक,मानसिक स्वास्थ्य समस्या ,रोजगारीको अभाव जस्ता तत्वहरुको प्रमुख भुमिका रहन्छ ।आफ्ना बालबालिकाहरु कस्तो साथी सगंतमा छन, ? उनीहरुको आनीबानी,उनीहरुले गर्ने व्यावहार जस्ता कुरामा अभिभावकहरु समयमै सचेत रहन जरुरी रहन्छ ।
,(सामुहिक आत्महत्याको स्थलगत निरीक्षण पछि मनोविद सरस्वती मिश्रको घटना प्रतिको विष्लेषण )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित