कचनकवलका नागरिक शोक सगै त्रासमा बाँच्न बाध्य

0
SHARES
88
VIEWS

राजकुमार ओली बनियानी

किशोरीको सामुहिक आत्महत्या पछि झापाको दक्षिणी क्षेत्र कचनकवलका नागरिक शोक सगै त्रासमा बाँच्न बाध्य भएका छन ।
सामुहिक आत्महत्याको घटनाले पुरै दले गाँउ सहित कचनकवल नै शोकमा डुवेको हो ।

यो घटना आत्महत्या हो कि? जघन्य अपराध ? त्यो प्रहरी प्रशासनले बुझ्दै बास्तविकता चाडैँ नै सार्वजनिक गर्छ नै, तर अहिले भने दले गाँउको सिमान्तकृत बस्तीमा काल आयो कि बाघ पल्कियो भन्ने चिन्ताले भर गर्न थालेको पाइएको छ ।

साना बालबालिकाहरुले समेत कसरी आत्महत्या भयो भनेर जिज्ञासा राख्ने तथा मनोसामाजिक त्रास बढेको स्थानियहरुले बताएका छन ।
साना बालबालिका देखि ज्येष्ठ नागरिक सम्मले आफ्नौ आँखाले झुण्डिएको देखेपछि स्थानियबासीहरुलाइ अनेक किसीमका डर त्रास तथा मनोसामाजिक असर देखिन थालेको हो ।

उक्त घटनाका प्रत्यक्षदर्शीको अनुभवमा घटना देखेपश्चात आफुहरुलाइ समेत मर्न मन लागेको बताएका छन ।उनीहरुले आफुलाइ तत्काल सम्वन्धित निकाय बाट जिम्मेवारीबोझ वा मनोसामाजिक तालिमको खाँचो देखिएको बताएकाछन ।

,सिगों गाँउपालिका देखि सर्वसाधरण सम्मलाइ यो घटनाले स्तव्ध बनाएको उनीहरुले बताएका हुन ।
घटना भएको लगत्तै आइतवार घटनास्थल पुगेकी बहुसास्कृतिक मनोसामाजिक सघंठन टिपीओ नेपालकी सुपरभाइजर तथा मनोविद सरस्वती मिश्रले बस्तुगत स्थिती बुझ्दा पिडित परिवारमा धेरै किसिमका समस्याहरु देखिएको बताएकी छिन ।

आदीबासी तथा सिमान्तकृत समुदायको बाक्लो बस्ती रहेको यो दुर्गम स्थानमा रहेका नागरिकहरुमा गरिवी तथा शिक्षाको कमी देखिएको र आत्महत्या ,उदासीनता ,नैराश्यापन ,बेरोजगारी ,पारिवारिक स्थिती तथा मानसिक स्वास्थ्य समस्याले यस्ता किसीमका घटना घटने प्रमुख कारणहरु हुने गरेको बताउछिन ।

घटना भएपछि स्थलगत निरीक्षण पछि यो क्षेत्रमा जनचेतना तथा सचेतनामुलक कार्यक्रमको आवस्येकता देखिएको बताउंछिन उनी भन्छिन,ं ंआफुहरुले पनि आत्महत्या रोकथामका लागि झापाको शिवसताक्षी ,मेचीनगर तथा अर्ज‘ुनधारा नगरपालिकामा काम गरिरहेको र अन्य पालिकाहरुमा समेत आवस्येक सहजीकरण गरिरहेको छ ।

घटनालाइ पालिकाले गम्भिर रुपमा लिएको बताउदै उपाध्यक्ष नवराज भटटराइले घटना सुन्ने वित्तिकै आफुहरु घटनास्थल पुगेको र अव आउदो दिनमा पालिका गम्भिर हुनुको विकल्प नभएको बताएका छन ।उनी भन्छन ,तिन जनाको सामुहिक स्थितीमा शव फेला पर्नू दुखद भएको ,आफ्नो परिवारको आयश्रोत नै उनीहरु भएको स्थितीमा यो घटनाले पालिकाले केही सोच र योजना ल्याउनुको जरुरी देखिएको बताएका छन  ।

 

घटना भएपछि स्तव्ध बनेको पालिकाले अवको दिनमा मनोसामाजिक मनोपरामर्श सम्वन्धि आधारभुत तालिमको खाँचो देखिएकोले सम्वन्धित निकायसँग समन्वय गरि सहजीकरण गर्न योजना नै बनाएर अघि बढने अध्यक्ष कालेन्द्र प्रसाद सिहं राजबंशीले बताएका छन ।उनले आउने दिनमा विध्यालय देखि स्वास्थ्य कार्यलय सम्म नै मनोपरामर्श सम्वन्धिको तालिमको व्यवस्थापन गर्दै पालिकालाइ यस्तो घटना हुनबाट रोक्ने प्रयास शुरु गरिने बताएका छन ।

उनी भन्छन ,आउने दिनमा कचनकवलमा यस्ता घटनालाइ न्युनीकरण गरिने छ ।
विध्यालयमा अध्ययनरत बालबालिका तथा किशोरीहरुमा यस्ता किसीमका आत्महत्या विगतमा समेत भएकोले गाँउपालिकाको सहयोगमा सम्वन्धित निकायले मनोपरामर्शको तालिम दिन सकेमा यस्ता घटना न्युनीकरण हुनेमा आसा पलाएको स्थानिय विध्यालयका प्रध्यानापक लिला वल्लव भटटराइले जानकारी दिए ।

आउने दिनमा यस्ता घटना न्युनीकरण गर्न पालिकाले गूरुयोजना बनाउनु पर्ने तथा सचेतनामुलक कार्यक्रम ल्याउनु पर्नेमा स्थानियबासीहरुले जोड दिएका छन ।

यो घटनामा जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले केही दिन भित्रैमा बास्तविकता सार्वजनिक गर्ने तयारीमा रहेको र अनुसन्धानकार्य जारी रहेको पोष्टमार्टमको रिपोर्टलाइ पर्खिएको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित