…लिम्बुवान प्रदेश घोषणा गर्नुपर्नेमा जोड

0
SHARES
9
VIEWS

बिर्तामोड १० श्रावण
विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।
उनीहरुले विभिन्न पक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्त गोलमेच छलफल गर्न समेत प्रदेश सरकार समक्ष माग गरेका छन् । आज मंगलबार संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले विवाद र द्वन्द्वरहित ढंगले साझा सहमतिको आधारमा यथाशिघ्र प्रदेश नामाकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
छलफल र संवादको माध्यमबाट प्रदेश नामाकरणको विषय टुंग्याउन आग्रह गर्दै नामाकरणको लागि आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरुको आग्रह छ । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले प्रदेश नामाकरण पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् ।
उनले प्रदेश १ मा भूगोलभन्दा पहिचानको सभ्यता र इतिहास लामो भएकाले यसैका आधारमा प्रदेश नामाकरण गर्नुपर्ने सुझाव दिए । प्रदेशसभामा पहिचान पक्षधर सांसदको संख्या बढी भएकाले पहिचानबारे साझा धारणा बनाउन सक्नुपर्नेमा उनको जोड छ । श्रेष्ठले प्रदेश १ को नाम किरात प्रदेश राख्दा उचित हुने दाबी गरे ।
संघीय लिम्बुवान मञ्चका झापा अध्यक्ष नगेन्द्र राईले प्रदेश १ लाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्नेमा जोड दिए । उनले पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम लिम्बुवान हुनुपर्ने माग राखे । उनले पहिचानको आधारमा राखिने नामले बिखण्डन ल्याउछ भन्ने तर्क गलत भएको दाबी गरे । लिम्बुवान राज्यका लागि निरन्तर आन्दोलन र संघर्ष जारी रहेकाले लिम्बुवान प्रदेशको अडानबाट पछि हट्न सक्ने अवस्था नरहेको बताए ।
कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले कोच समुदायको इतिहास र सभ्यता नमेटिने गरी प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने बताए । उनले झापा, मोरङ र सुनसरीमा मुख्य बसोबासीको रुपमा रहेको राजवंशी, ताजपरिया, गनगाईलगायतका जाति समुदायको पहिचानलाई सुरक्षित राख्न पनि कोचिला प्रदेशको विकल्प नभएको तर्क गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित