ट्राफिक नियम उल्लङ्घन गर्ने ४७ हजार सवारी कारवाहीमा… ३ करोड ३८ लाख २९ हजार राजश्व संकलन

0
SHARES
8
VIEWS

झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने साना ठूला ४७ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक बर्ष २०७८÷०७९ को एक वर्षको अवधीमा जिल्लामा ४७ हजार ९ सय सवारीसाधन र धनीलाई कारवाही कारवाही गरेको हो ।

सो सवारी कारवाहीमा प्रहरीले ३ करोड ३८ लाख २९ हजार राजश्व संकलन गरेको छ । झापामा सबै भन्दा धेरै कारवाहीमा पर्ने सवारी साधनमा मोटरसाइकल रहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार एक बर्षको अवधिमा १६ हजार ९ सय १४ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । प्रहरीले सो कारवाहीबाट मात्रै १ करोड २५ लाख ६३ हजार रुपैंया राजश्व संकलन गरेको छ ।

त्यसपछि टिपर र ट्रक बढी कारवाहीमा परेका छन् । सो अवधिमा १३ हजार ५ सय ८६ वटा ट्रक र टिपर कारवाहीमा परेका छन् । जसबाट प्रहरीले ९६ लाख ६१ ह्जार ५ सय रुपैंया राजश्व संकलन गरेको छ ।

“सकेसम्म चालकलाई सचेत बनाउँदै ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएका छौं तर, नियमको ठाडो उल्लंघन गर्ने जुनसुकै सवारीलाई कारवाही गर्ने गरेका छौं” ट्राफिक प्रहरी प्रमुख अशोककुमार जवेगुले भने ।

कार जिप ६ हजार ४ सय ५६ कारवाहीमा पर्दा ४३ लाख ९२ हजार राजश्व संकलन गरेको छ । त्यस्तै प्रहरीले ट्याक्टर ३ हजार ९ सय ४२ कारवाहीमा पर्दा २५ लाख ६८ हजार ५ सय राजश्व संकलन गरेको छ । २ हजार १ सय ४४ बस कारवाहीमा पर्दा १३ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

टेम्पो र अन्य ४ हजार ८ सय ५८ कारवाहीमा पर्दा ३३ लाख ९१ ह्जार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सांघुरो सडक बढ्दो थपिएका सवारीसाधन दैनिक जसो दुर्घटना हुनुले चुनौति थपिएको ट्राफिक प्रहरी प्रमुख जवेगु बताउँछन् ।

पहिले बनाइएका सडकमा सवारीसाधनको चाप बढ्दै गएको तथा कतिपय सवारी चालकले लापरवाही पूर्वक सवारी चलाउँदा कारवाही

संख्या बढ्दै जाने मात्रै नभई दुर्घटना पनि हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक जिवनकुमार कार्की बताउंछन् ।

सवारीसाधन दुर्घटना हुनुमा सबैभन्दा धेरै चालककै कारण रहेको तथ्यांकले देखाएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सरोकारवाला निकायसँगको सहकार्यमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर पनि नियम उल्लंघन गर्ने संख्यामा कमी आउन सकेको छैन ।

लेन अनुशासनको पालना, सीमित गति, नियमित यान्त्रिक जाँच गरेमा दुर्घटना धेरै मात्रामा कम गर्न सघाउ पुग्ने ट्राफिक प्रहरीको भनाइ छsajhanonline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित