जामुनबारी सिमसारमा गिरी निर्वाचित
। झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा स्वतन्त्रका पर्शुराम गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका दुईवटै प्यानललाई पराजित गरी स्वतन्त्र उम्मेदवार गिरी निर्वाचित भएका हुन् । गिरीले ४३१ मत ल्याएर शानदार जित हासिल गरिरहँदा नेकपा एमालेका उम्मेदवार सिता अधिकारीले १९२ र कांग्रेसका उम्मेदवार बुद्धिमान बोहोराले मात्र १४२ मत पाएका छन् । कनकाईमा शेरबहादुर थापा नेतृत्वको स्वतन्त्र समूहले यो तेस्रो जित हासिल गरेको...