‘सिम्रिक मोवाइल एप’ सञ्चालनमा

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्ना सदस्यहरुका लागि ‘सिम्रिक मोवाइल एप’ सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्यको सुविधाकालागि सिम्रिक मोवाइल एप सञ्चालनमा ल्याएको हो ।

उक्त एपको विर्तामोडमा आज शनिबार आयोजित एक कार्यक्रमका बिच संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले सञ्चालनको औपचारिक सुभारम्भ भएको घोषणा गरेका हुन् ।

एम बैंकसंगको सहकार्यमा सिम्रिकले सञ्चालनमा ल्याएको उक्त एपमा इ–सेवाका युटिलिटी सर्भिसहरु समावेश भएको तथा एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा चलाउन मिल्ने एम बैंकका चिफ विजनेश अफिसर संजय महासेठले जानकारी दिए । सुरक्षा र सुविधाको दृष्टिकोणले पनि अन्य बैंकहरु सरह सिम्रिकको सेवा रहेको उनले बताए ।

सिम्रिक स्र्माट एप बाट बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, इन्श्योरेन्स प्रिमियम, हवाइ टिकटका साथै मोवाइल टपअफ र रिचार्ज गर्न सकिने संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताए ।

यस एपको प्रयोग गरि सदस्यले बैंकमा समेत पैसा ट्रान्सफोर अन्य बैंक तथा वित्तिय संस्थाहरु संग फन्ड ट्रान्सफरको काम पनि गर्न सक्ने संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

सदस्यहरुलाई एप चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन सदस्यलाई संस्थाका अध्यक्ष भट्टराईले आग्रह गरेका छन् । उनका अनुसार यसका लागि सदस्यहरुले आफु सदस्य रहेको कार्यालयमा गएर मोबाइल बैंकिङ सेवाका लागि प्रकृया पुरा गरे पश्चात सेवा प्राप्त गर्न सक्ने छन् ।

सदस्यहरुलाई विद्युतिय भुक्तानी ९डिजिटल पेमेन्ट सिस्टम० का साथै आधारभुत बैंकिङ सुविधा जुनसुकै ठाउँमा उपलब्ध होस् तथा प्रविधिको विकासलाई आत्मासाथ गर्दै सदस्यको सुविधालाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतको भनाई छ ।

एप लन्च कार्यक्रममा प्रमुख प्रशिक्षक एम बैंकका विजनेस अफिसर संजय महासेठले संस्थाकाका कर्मचारीलाई जानकारी गराएका थिए ।
संस्थाका उपाध्यक्ष किरण कपुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन तालिम बिभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत संस्थाका जनशक्ति बिभाग प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए ।

२०६८ साल माघ २४ गते ५५ जना शेयर सदस्यको २० लाख ५० हजार शेयर पुंजीबाट स्थापना भएको संस्थामा हाल ५० हजार हाराहारीमा सदस्य रहेका छन् ।

संस्थाको शेयर पुंजी हाल ३२ करोड र वासलात २ अर्ब ५० करोड रहेको छ । साथै संस्थाले २ अर्ब १८ करोड लगानी र निक्षेप १ अर्ब १५ करोड रहेको जनाएको छ । साथै संस्थाको झापा, मोरङ र इलाम जिल्ला गरी ४६ सेवाकेन्द्र सञ्चालनमा छन्sajhaonline

You might also like

Leave A Reply

Your email address will not be published.