मेचीनगर नगरपालिकामा ४१ हजार ९८६ मतगणना हुँदा एमालेको मेयरमा ३५१२ र उपमेयरमा ६१४९ मतले अग्रता लिईरहेको छ ।
आइतबार राति ६ः३० वजे सम्मको नतिजा अनुसार ४१९८६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १७५७४ मत ल्याएका छन् । मेयरमा एमालेको ३५१२ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले १४०६२, राप्रपाका रमेश दाहालले २५६८, भालेले १४४५ र साइकल चिन्हले १४८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १५२४०, माओवादी केन्द्र प्रकाश भण्डारी ९०९१, राप्रपाकी सविना बजगाईको ५६९१, भालेले १५५२, डिल्लीराम घिमिरेको धाराले ६१० र एकीकृत समाजवादीको कलमले २४५ मत ल्याएको कार्यालयले जनाएको छ ।
उपमेयरमा एमालेको ६१४९ मतको फरक रहेको छ । मेयर र उपमेयरमा ११६६ मत बदर भएको छ loktandrapost