विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन् ।

मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ । एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन् ।

एमालेकी उम्मेदवार मीनाकुमारी पोखरेल उपमेयर निर्वाचित भइ न्। उनले २१ हजार पाँच सय ९० मत ल्याएकी छन् । कांग्रेसले यहाँ उपमेयर माओवादी केन्द्रलाई छाडेर गठबन्धन गरेको थियो । सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका प्रकाश भण्डारीले जम्मा १२ हजार ८ सय १८ मत ल्याएका थिए ।

कांग्रेसले मेयरको टिकट दिँदा विवाद भएको थियो । यहाँ कांग्रेस महामन्त्री शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच गुटको लडाइँ छ । सिटौला पक्षका केशव पाण्डेलाई मेयरमा सिफारिस गरिए पनि केन्द्रबाट हस्तक्षेप गरेर शर्मानिकट बुढाथोकीलाई मेयर उम्मेदवार बनाइएको थियो । यसैबीच महामन्त्री शर्माको वडामा पनि कांग्रेस एमालेसँग पराजित भएको थियो everestnews

You might also like

Leave A Reply

Your email address will not be published.