अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलन मा झापाली दुई शिक्षक सहभागी हुने भएका छन्।
अमेरिकाको ओरीगन राज्य को पोर्टल्याण्ड शहरमा आगामी मार्च २१ देखि २४ तारिख सम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोड का धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल
टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज एक बिश्व स्तर को अंग्रेजी भाषा शिक्षकहरूको संगठन हो।
यसको मुख्य कार्यालय अमेरिका मा रहेको छ। बिश्व भरका अंग्रेजी भाषा विद , प्रशिक्षक, शिक्षक र शैक्षिक सामग्री उत्पादक कम्पनी को सहभागिता रहने उक्त सम्मेलनमा ३५ सय बढी को प्रतिनिधित्व हुने आयोजकले जनाएको छ। विश्व का १८४ मुलुक सदस्य रहेको टिसोल मा नेपाल समेत सदस्य राष्ट्र हो।
यता झापा जिल्ला बाट पहिलो पटक उक्त सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेको नेल्टा झापा का अध्यक्ष धर्मेन्द्र भट्टराई ले बताए। उनले अंग्रेजी शिक्षक ले पाउने अति नै महत्वपूर्ण अवसर भएको बताए। नेल्टा झापा जिल्ला मा शैक्षिक गतिबिधिहरु संचालन गर्दै आएको एक सशक्त स्वयंसेवी संस्था हो।
गुणस्तरीय शिक्षक मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले छोटो समयमै उचाई प्राप्त गर्न सफल भएको छ। यसै वर्ष नेपाल का ५८ शाखालाई उछिन्दै उत्कृष्ट शाखा घोषणा गरिएको थियो। यस संगै नगद २लाख को अवार्ड प्राप्त गरेको थियो।
अमेरिकी सरकारको सहयोगमा नेपाली प्रतिनिधिमण्डल को रुपमा उक्त सम्मेलनमा सहभागी हुन लागेको भट्टराईले जानकारी दिए। भट्टराई नेल्टा का केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष र दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन ।
भट्टराई यस अघि सन २०१९ मा दुबइ मा भएको ग्लोबल टिचर्स अवार्ड सम्मेलन, सन २०२० मा श्रीलंका मा भएको स्लेलटेक सम्मेलन र सन २०२२ मा भारतको बैंगलोर मा सम्पन्न एशियन एजुकेशन शिखर सम्मेलन मा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। अर्का सहभागी जेनी राई नेल्टा झापा कि जिल्ला समिति सदस्य तथा पूर्व एक्सेस शिक्षक र बिर्तामोड स्थित न्युटन एजुकेशन एकाडेमी कि अंग्रेजी शिक्षक हुन।
Discussion about this post