दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु

0
SHARES
7
VIEWS

शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले महिलाहरुले पनि आफ्नो क्षमता विकास गरेर अगाडी बढ्नु पर्ने बताए । पछिल्लो समय विभिन्न संघ संस्थाहरुमा महिलाहरुले पनि पुरुष सरह नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले समाजमा पिछडिएका महिलाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्दै अगाडी बन्नु पर्ने उनको भनाई थियो ।

कुनै पनि कार्यक्रम सञ्चालन गर्न, बैठकको माइनुट लेखन गर्न या अरु थुप्रै कामहरुमा महिलाहरुम कमै मात्रामा देखिएका छन्र । यस्ता कामहरु पनि अब महिलाहरुले गर्नु पर्नेमा उनको जोड थियो ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ का महिलाहरुलाई क्षमता अभिबृद्धि गर्दैै अगाडी बढ्न प्रेरणा मिलोस भन्ने उद्देश्यले नेतृत्व तथा व्यक्तित्व विकास तालिम आयोजना गरिएको सतासीधाम जेसीजका अध्यक्ष अर्जुन भट्टराईले बताए । सतासीधाम जेसीजले विगतमा पनि यस्ता कामहरु गर्दै आएको उनले जानकारी दिए ।

तालिममा शिवसताक्षी नगरपालिका शाखा अधिकृत डिल्लीराम नेपाल, कार्यक्रम अधिकृत महेश लामिछाने, विरता लेडी जेसीजकी निवर्तनमान अध्यक्ष स्वस्तिका आचार्यले सहजीकरण गर्ने सतासीधाम जेसीजले जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष बहादुर आङ्गबो, नेपाल जेसीजका उपाध्यक्ष कुमारसिं साँवा, शिवसताक्षी भलिबल क्लबका अध्यक्ष तथा नेकपा एमाले नगर उपसचिव, भिम लिवाङ्ग, नेकपा एमाले जिल्ला सदस्य डिल्ली रमण खतिवडा, वडासदस्य जुनु मोहोरा, नेकपा माओवादी केन्द्र वडा नं. ११ का अध्यक्ष अग्नीप्रसाद चापागाई, लगायतले शुभकामना मन्तव्य राखेका थिए । सतासीधाम जेसीजकी कार्यकारी उपाध्यक्ष निर्मला प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन सतासीधाम जेसीजका महासचिव दिपक पोख्रेलले गरेका थिए sajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार