हल्दिबारी को प्रधानाध्यापक कार्की र जग्गादाताकी धर्मपत्नी राजवंशीलाई अभिनन्दन

0
SHARES
19
VIEWS

बिर्तामोड–झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव आयोजना गरेको छ ।
पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले महोत्सवको उद्घाटन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथि मन्त्री राईले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ र जग्गादाता माझीलाल राजवंशीको शालिक अनावरण गरेका छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलाई अभिनन्दन गरिएको छ । ५० हजार रुपैयाँ भन्दाबढी प्रदान गर्ने दातालाई कार्यक्रममा सम्मान गरिएको छ ।
२०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो ।
महोत्सव सफल पार्न देश विदेशमा रहेका भूपू विद्यार्थीले उल्लेख्य सहयोग गरेको प्रधानाध्यापक पाख्रिनले बताए ।
लोकप्रिय गायिक मेलिना राईको सांगीतिक प्रस्तुति रहेको महोत्सव उद्घाटन समारोहमा संविधानसभा सदस्य मोहन टुडु, झापा क्षेत्र नं ३ (घ) का प्रदेशसभा सदस्य छविलाल चूडाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनलगायतका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
कक्षा १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल १३२० जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार