काठमाडौपछि पहिलो पटक बिर्तामोडमा एसीसीएको कक्षा सञ्चालनमा

0
SHARES
15
VIEWS

काठमाडौपछि पहिलो पटक झापामा एसीसीएको कक्षा पिके फाइनान्नसियल एकाडेमीले सञ्चालनमा
ल्याएको छ ।

झापाको बिर्तामोडमा एशोसिएशन अफ सर्टिफाइड चार्टड एकाउन्टेन्ट एसीसीए का कक्षा सञ्चालनमा ल्याएको हो । काठमाडौपछि पहिलो पटक झापामा एसीसीएको कक्षा पिके फाइनान्नसियल एकाडेमीले सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सिए गंगाराम बस्नेतले जानकारी दिएका छन ।

एकाडेमीले हाल पहिलो लेभलका ४ जना बिद्यार्थी अध्यापन गराइरहेको छ । उक्त एकाडेमीमा माई नगरपालिका–४ का सागर ढुङ्गाना, तेञ्जिङ तामाङ, बुद्धशान्ति–१ का एञ्जल गुरागाई र बिर्तामोड–३ कि कृति श्रेष्ठ अध्यापन गर्दै आएका छन् । उनीहरुका अनुसार घरकै छेउमा उक्त बिषय पढाई भएकाले अध्यापन गरेका हुन् । कृति श्रेष्ठले एमबिबिएस पढ्ने सोच त्यागेर कमाई र पेस्टिजको हिसावले उक्त बिषय रोजेको बताइन् ।

एसीसीए बिषयको पहिलो लेभल एसईई उतिर्ण गरेका बिद्यार्थीले पनि पढ्न सक्ने तर, अर्को लेभलमा जानका लागि कक्षा १२ पास गर्नुपर्ने एकाडेमीका प्रवन्ध निर्देशक तथा शिक्षक सि ए।प्रज्वल अधिकारीले बताए । उक्त बिषयको एसीसीए ग्लोवलले परिक्षा लिने उनले बताए । बिबिएस र एमबिएस सकेका बिद्यार्थीहरुका लागि पनि केही बिषयहरु नयाँ हुने भएकाले पनि एसीसीएको आकर्षण बढ्दै गएको बताइएको छ । एसीसीएमा एकाउन्ट तथा फाइनान्स सम्बन्धि ब्यवसायिक कोर्षहरु समावेश भएकाले बिशेष कोर्ष पूरा गरेर पनि सर्टिफिकेट हासिल गर्न सकिने बताइएको छ ।

एकाडेमीले आगामी शनिवार बिर्तामोडको सिटि सेन्टर स्थित साई प्यालेसमा सेमिनार गर्ने भएको छ । पछिल्लो समय चार्टड एकाउन्टेन्ट तर्फ विद्यार्थीको आकर्षक बढ्दै गरेको र यसको बारेमा अभिभावक तथा विद्यार्थी लाई सहि परामर्शको अभाव भएकाले सेमिनार गर्न लागिएको बताईएको छ। सेमिनारमा बिर्तामोड सहित झापाका विद्यार्थीलाई लक्ष्यित गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । एकाडेमीले एसीसीए, सीए र सीएटी बिषयमा अध्यापन गराउने बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित