रोटरी क्लबले गर्यो फुलबारी माविलाइ वाटर फिल्टर हस्तान्तरण

0
SHARES
16
VIEWS

फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध खानेपानी बनाउने वाटर फिल्टर जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।रोटरी क्लबले आज एक कार्यक्रमका बीच विद्यालयलाई उक्त वाटर फिल्टर र त्यसका लागि चाइने दुई थान ट्याङकी, धारा सहित जडान गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष ओमकृष्ण विमली र प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर राजवंशीले विद्यालयका प्रधानाध्यापक डुकेश्वर साहलाई उक्त फिल्टर हस्तान्तरण गरेका हुन् ।
विगत १० वर्ष अघि स्थापना भएको रोटरीले विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको छ ।

रोटरीको पाँच कार्यक्षेत्र  अन्तरगत पर्ने ह्याप्पी स्कुल प्रोजेक्टबाट रोटरीले विद्यालयमा पानी फिल्टर उपलब्ध गराएको कार्यक्रम संयोजक सुरेश वंशल ले बताए ।

फिल्टर जडान साझेदारी कार्यक्रममा जडान गरिएको हो । जम्मा १ लाख ९२ हजार लागतको फिल्टरको लागि एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार, विद्यालयको ४० हजार र बाँकी १ लाख २ हजार रोटरियनहरु बाट संकलन गरिएको क्लबका अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए ।

रोटरीले यस अघि झापाका तीनवटा सामुदायिक विद्यालयहरूमा वाटर फिल्टर जडान गरेर हस्तान्तरण गरिसकेको अध्यक्ष विमलीले बताए ।फिल्टर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर राजवंशी, विशिष्ट अतिथि रोटरी डिस्ट्रिक्ट असिस्टेन्स गर्भनर राधिका गुरुङ, एक्सल बैंकका एजिएम अशोक क्षेत्री, विद्यालयका प्रधानाध्यापक डुकेश्वर प्रसाद साह लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत नवीन गट्टानी, औचित्यमाथि प्रकाश सुरेश वंशल, सञ्चालन रोट्याक्टका सचिव प्रज्ज्वल विमलीले गरेका थिए ।

फिल्टर हस्तान्तरण कार्यक्रममा २५ जना रोटरियन र रोट्रयाक्टर हरुको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित