राष्टिय युवा सघंको ,निर्णय तुरुन्तै नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी

0
SHARES
756
VIEWS

साउन २८ झापा
राष्टिय युवा सघं झापाले केन्द्रको निर्णय अभिलम्व फिर्ता लिन माग गर्दै जिल्ला पार्टी कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।आज शनिवार झापाको विर्तामोडमा केन्द्रिय तथा प्रदेश एवम जिल्ला कमिटीको अगुवा कार्यकर्ताहरुको भेलाले जिल्ला पार्टी कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

राष्टिय युवा सघंको दोश्रो केन्द्रिय वैठकले झापामा युवा सघंको उपाध्यक्ष सचिवहरु, २१सदस्यीय सचिवालय तथा १सय १ सदस्यीय झापा जिल्ला कमिटी हुदा हुदै नयाँ नगर कमिटीको अध्यक्ष लाइ झापा जिल्ला कमिटीको आयोजक कमिटी सम्योजक तोकेर पन्चायती शैली को हुकुमी शासन चलाउन खोजेको भन्दै उक्त निर्णय सच्याउन माग गरेको हो ।

नेकपा एमाले झापाको जिल्ला कार्यलयमा झापाका कार्यलय सचिव छविलाल विश्वकर्मा मार्फत पार्टी अध्यक्ष लाइ ध्यानाकर्र्षण पत्र बुझाएको झापाका अध्यक्ष शम्भु भण्डारीले पुर्व खवरलाइ बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ , राष्ट्रिय युवा संघ नेपालको साउन १४ र १५ गते बसेको केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकको निर्णय संबन्धमा अस्वाभाविक ढंगले झापा संयोजक चयन गरि उल्लेख गरिएकोमा झापाली युवाहरुको गम्भीर आपत्ति भएको कुरा सर्वबिदित छ,यस सन्दर्भमा पार्टीको बिधि,बिधान,पद्धति,अभ्यास ,स्कुलिङ संघको परम्परा र स्वयं केन्द्रिय कमटिको निर्णयको भावना बिपरित नेतृत्व चयन भएको हुदा उक्त निर्णय लाई सच्याउन सहजिकरण गरिदिन प्रतिनिधि मुलक सहभागितामा आधार हरु सहित यो ध्यानाकर्षण पत्र बुझाएका छौ ,उक्त ध्यानाकर्षण पत्र पार्टी झापाका कार्यलय सचिव कमरेड छबिलाल बिश्वकर्मा मार्फत पार्टी कमिटी लाई बुझाएका सचिव विकास गिरीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित