हात्तीको आक्रमणबाट गएराति शिवसताक्षीमा महिलाको मृत्यु

0
SHARES
5
VIEWS

हात्तीको आक्रमणबाट गएराति झापाको शिवसताक्षी नगरपालिकामा एकजना महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ की ६१ वर्षीया कृष्णमाया भण्डारीले हात्तीको आक्रमणमा ज्यान गुमाएकी हुन् ।

गएराति २ बजे आएको हात्तीले आक्रमण गर्दा भण्डारीका श्रीमान शान्तिराम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको स्थानीय प्रेम भण्डारीले बताए ।

हात्तीले घर भत्काउन थालेपछि भण्डारी परिवार भाग्ने अवस्थामा पुगेको थियो । सोही बेला हात्तीले आक्रमण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार