राष्ट्रिय सहकारी बैंकमा नव निर्वाचित समितिलाई सपथ ग्रहण

0
SHARES
2
VIEWS

राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापा मगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती चयन भएका छन् भने सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका छन् ।

बैंकद्वारा आज आयोजित प्रदेश एकाइगत साधारणसभाको निर्णय प्रमाणिकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित लगायतको आतिथ्यता थियो ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार