१ वर्ष कैद सजाय पाएका व्यक्ति फैसला आएकै दिन जेलमुक्त

0
SHARES
20
VIEWS

२० पुस, बागलुङ । निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा उनका जेठाजु थम्मनबहादुर मल्ललाई जिल्ला अदालत बाग्लुङले १ वर्ष कैद सजाय सुनाएको छ ।

मल्ल सजाय फैसला भएकै दिन कैद मुक्त भएका छन् ।

सम्झना २०७६ असोज २२ गते राति झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सम्झानाका दाजु तुलबहादुर शाहीले बहिनीका जेठाजु थम्मनबहादुर, मेघध्वज र जेठानी मिठुकुमारी मल्ल विरुद्ध बहिनीलाई कुटपिट गरि झुण्डाएर हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस १९ गतेको अन्तिम आदेशले आंशिक अभियोग दाबी पुग्ने भन्दै थम्मनलाई कैदसँगै २५ हजार जरिवाना फैसला गर्‍यो । मेघध्वज र मिठुलाई भने अदालतले सफाइ दियो ।

अदालतले हत्या अभियोगमा थम्मन, मेघध्वज र मिठुले सफाइ दिए पनि थम्मनबहादुरलाई भने आत्महत्या दुरुत्साहनमा दोषि ठहर गरेर कैद साजाय फैसला भएको जिल्ला अदालत बागलुङका श्रेष्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।

प्रहरीले आरोपित तीनै जनालाई २०७८ पुस १५ गते पक्राउ गरी ०७८ माघ १० गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

अदालतको ०७८ माघ १५ गतेको आदेशले थम्मन र मेघध्वज पुर्पक्षको लागि थुनामा रहेका थिए भने मिठु ३ लाख ५० हजार धरौटिमा छुटेकी थिइन् ।

अदालतले थम्मनलाई १ वर्ष कैद सजाय फैसला गरे पनि पुर्पक्ष र अनुसन्धानको क्रममा बसेको हिरासतको समय जोड्दा सजाय भुक्तान भइसकेको छ ।

त्यसैले उनी सजाय निर्धारण भएकै दिन कैद मुक्त भएको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।onlinekhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार