शनिवार हिमाल सागर पार्टी प्यालेसमा हुने अनेमसघं झापाको अधिवेसनलाइ केपी ओलीले सम्वोधन गर्ने

0
SHARES
18
VIEWS

एमाले निकट अखिल नेपाल महिला संघको दशौं जिल्ला अधिवेशन भदौ ४ गते विर्तामोडमा हुने भएको छ ।

अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने यसबाट नयाँ नेतृत्व चयन हुने भएको छ ।

संघले आज पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनको अध्यक्षता अनेमसंघ झापाकी अध्यक्ष तथा प्रदेशसभाकी सदस्य जसमाया गजमेरले गरेकी थिइन् भने प्रमुख अतिथि संघकी केन्द्रीय सचिव मेनुका काफ्ले थिइन् ।

झापाभरिका २१ हजार सदस्यमध्ये ४०१ जना प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने बताइएको छ । अधिवेशन उद्घाटन समारोह विर्तामोडको हिमाल पार्टी प्यालेसमा हुनेछ ।

अधिवेशनले १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ । नेतृत्व सर्वसम्मत चयन गरिने पनि अध्यक्ष गजमेरले बताएकी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित