तीन नेपाली वृद्धाको हत्या…वृद्धाको हत्या गरी गरगहना र नगद लुटपाट

0
SHARES
2
VIEWS

कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका वृद्धाको हत्या गरी गरगहना र नगद लुटपाट
एक भारतीय दम्पतीले नेपालका विभिन्न तीन जिल्लाका तीन वृद्धाको शृंखलाबद्ध हत्या गरेको खुलासा भएको छ । भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनी श्रीमती शिवा परियारले शृंखलाबद्ध हत्या गरेका हुन् ।

दुवैलाई आइतबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
उनीहरूलाई प्रहरीले १७ पुसमा पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूले गुल्मी, अर्घाखाँची र कपिलवस्तुका तीन वृद्धाको हत्या गरेको जनाएको छ । यो दम्पतीले सबैभन्दा पहिले कपिलवस्तुमा एक ७० वर्षीया वृद्धाको हत्या गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरूले तीनवटै हत्या स्वीकार गरेका छन् nayapatrka bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार