बिर्तामोडमा ब्रान्ड प्योर ईभीको बिक्री वितरण सुरु

0
SHARES
14
VIEWS

बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको बिक्री वितरण सुरु भएको छ ।

हलेशी ग्रुपले आधिकारिक रुपमा यसको बिक्री वितरण सुरु गरेको हो । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड ३ स्थित भगवान चौक नजिकैबाट बिक्री वितरण सुरु गरिएको हलेशी ग्रुपका सञ्चालक ईश्वरीप्रसाद बरालले जानकारी दिएका छन् ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समय अघि नै उक्त ई–स्कुटर नेपाली बजारमा भित्राएको हो । नियो ईट्रान्स र ईप्लुटो सेभेन जी गरी २ वटा ब्राण्डमा उपलबध रहेको सो कम्पनीको स्कुटर रातो, हरियो, कालो, पहेलो, सेतो र सिल्भर गरी ६ वटा रङ्गमा उपलब्ध छन् ।

तीन वर्षसम्म ब्याट्रीको वारेन्टी रहेको सो स्कुटरको मूल्य नियो ईट्रान्सको २ लाख ७५ हजार र ईप्लुटो सेभेन जीको २ लाख ६० हजार रुपैयाँ रहेको छ । स्कुटरमा मोटर तथा कन्ट्रोलरको १ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म यात्रा गर्न सकिने हलेशी ग्रुपले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदो अवस्थामा रहेको बेला विद्युतीय मोटरसाइकल तथा स्कुटरको माग नेपाली बजारमा बढ्दै गएको छ .sajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित