हात्ती आएको जानकारी दिन बाहुनडाँगी बजारमा ‘साइरन’ मेसिन जडान

0
SHARES
5
VIEWS

मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ ।

शनिबार विद्युतीय साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् ।

उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्यमसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।

व्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवज सुनिने थापाले बताए ।

साइरनमा मोवाइल एप्स जोडेर प्रत्यक व्यक्तिको हातहातमा हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’ उज्यालो नेपालका स्यमसेवक थापाले भने–‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’

बर्दीयाबाट आएका थापाको टोलीमा कोशी आरक्षणका प्रमुख रमेशकुमार यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका विरेन्द्र गौतम लगायत रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित