रोमानिया पठाइपदन्छु भन्दै १७ लाख ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ

0
SHARES
23
VIEWS

काठमाडौं, १३ भदौ । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइपदन्छु भन्दै विभिन्न व्यक्तिसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेकी पुनमाया श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ६ लाख रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको प्रहरीको भनाई छ ।

फुड प्याकिङको काममा मासिक ७५ हजार रुपैयाँ तलब हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउनले उनलाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बताएको छdainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित