बिर्तामोड राउण्ड टेवलले स्कुललाइ गर्यो २४ लाखको भवन हस्तान्तरण

0
SHARES
26
VIEWS

बिर्तामोड राउण्ड टेवल २७ ले बिर्तामोड–१० मा रहेको चमरधाप प्राविमा सुविधा सम्पन्न दुई वटा पक्की कक्षाकोठा निर्माण गरी सोमवार हस्तान्तरण गरेको छ ।

२४ लाख रुपैयाँको लागतमा बनाएको कक्षा कोठा र पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको कम्पाउण्ड वाल विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

बिर्तामोड राउण्ड टेवल २७ का अध्यक्ष अमित अग्रवालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य र राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द वाहेतीको विशेष आतिथ्यमा कार्यक्रम गरी संरचना विद्यालयलाई बुझाइएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष समित सहेवालाले कक्षाकोठा अभाव भएको पाइएपछि दुई वटा पक्की कक्षा कोठा निर्माण गरी हस्तान्तरण गरिएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित