पोल खोलिने डरले प्रधानन्यायाधिसको बयान रोकिन सक्छ …ओली

0
SHARES
28
VIEWS

गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढआशंका व्यक्त गर्नूभएको छ

गृहजिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बिहीबार दिउँसो पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा अलोकतान्त्रीक गठबन्धन भएको भन्दै आशंका व्यक्त गर्नुभएको हो ।

‘प्रधानन्यायाधीश जबराको बयान सिद्धिएको छैन। गठबन्धनले प्रधानन्यायाधीशलाई बयानका लागि रोक्न पनि सक्छन्, किनभने उहाँ गठबन्धनविरुद्ध बयान दिँदै हुनुहुन्छ, पोल खोलिने डर सबैमा छ,’ उनले भने।

यता महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश जबराको बयान बिहीबार दुईवटा प्रश्न सोधेर रोकिएको छ। महाभियोग समितिको बैठकले आइतबार पुनः बयानका लागि उनलाई बोलाएको छ।

आगामी चुनावमा एमालेसँग राप्रपाको तालमेल हुने प्रशंसामा बोल्दै ओलीले भने, ‘राप्रपासँग चुनावी तालमेल हुनसक्छ, एकता हुँदैन।’

गृह जिल्ला आएका ओली शुक्रबार दिनभर आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा व्यस्त रहने जनाइएको छ। ओली शनिबार काठमाडौं फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित