नारी सञ्चार गृहले एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिने घोषणा

0
SHARES
9
VIEWS

झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृहले एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।

गृहको ११ औं स्थापना दिवसमा आज शनिवार विर्तामोड स्थित सि टि सेन्टरमा आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई वर्षमा एकपटक वितरण गर्नेगरी एक जना पत्रकार महिलालाई १ लाख १ हजार १ सय रुपैयाँ नगदराशीको पत्रकारिता पुरस्कार दिइने घोषणा गर्नूभएको हो ।

पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको छ । यो पुरस्कार प्रदेश–१ का पत्रकार महिलाले पाउनेछन् ।

गृहले दुई वर्षमा एकपटक बाँड्ने गरी २५ हजार ५ सय रुपैयाँको नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । यो चाहिँ झापाका पत्रकारहरुले मात्र पाउनेछन् ।

पुरस्कार वितरण गर्नका लागि गृहले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । कोषको व्याजबाट पुरस्कार वितरण गरिने भएको छ ।

संस्थाको स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि प्रदेशका यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले भष्टाचारको जालो नराम्ररी फैलिएकोले पत्रकारले शुसासनको अभियान नै सन्चालन गर्नुपर्ने बताउनुभएको छ
आफुलाइ समेत केही माफियाहरुले किन्ने खोजेको स्मरण गराउदै मन्त्री घिमिरेले लाइसेन्स देखि धेरै महत्वपुर्ण कार्यलयमा भष्टाचारले जालो बाधँेको र भत्काउन जरुरी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ,,,,,,,,,,,,,,,
बाइट,,,,,,,,,,,,,,,,,,,
पुरस्कार घेोषणा तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ नेपाली काग्रेस झापाका सचिव पुर्व सन्चारकर्मी कृष्ण हुँमागाइ,नेकपाएमालेका झापा सचिव शिव ढुगेँल,सन्चारकर्मीहरु गोपाल काफ्ले ,माधव विद्रोही ,रेजिना रोदन,लिला अनमोल लगाएतले शुभकामना मन्तव्य व्याक्त गर्दै अव सन्चारकर्मीहरुले राजनिती भन्दा अलि पर बसेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।

गृहकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत तथा संस्थाको परिचय संस्थापक अध्यक्ष साबित्रा दाहालले तथा कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भूमिका सुब्बाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित