खेलकुद महासघं कमल गांउ कमिटी , विक्रम निरौलाको अध्यक्षतामा सर्वसम्मत

0
SHARES
42
VIEWS

नेपाल खेलकुद महासंघ कमल गाउँ कमिटीको प्रथम अधिवेशनबाट विक्रम निरौलाको अध्यक्षतामा प्रथम कमल गाँउ कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।आज शनिवार झापाको
केर्खामा सम्पन्न अधिवेशनबाट कमिटीको उपाध्यक्षमा सुनिता अधिकारी काफ्ले र लक्ष्मि प्रसाद गौतम सचिवमा भलाकाजी कार्कि सहसचिवमा कुमार ओली र सन्तोस खतिवडा र कोषाध्यक्षमा भानु सुब्बा सहित ४५ सदस्यीय गांउ कमिटी सर्वसम्मत भएको हो ।
नेपाल खेलकुद महासंघका झापाका अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले नवनिर्वाचित कमिटीका सदस्यलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै खेलकुदका साथै आगामी मंसिर ४ गतेहुने संघ र प्रदेशको निर्वाचनका लाग्न अनुरोध गर्नुभएको छ ।साथै काफ्लेले खेलकुदका युवाहरु अध्यायनशिलका साथै गतिशील हुनुपर्ने बताउनुभएको छ।।

अधिवेसनमा महासंघका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र दाहालले संगठनका बारेमा युवाहरलाई प्रशिक्षण दिदै आगामी दिनमा खेलकुदको माध्यम बाट युवालाई पाटिमा जोड्दै सशक्त रुपमा आफ्ना गतिविधी अगाडी बढाउन अनुराध गर्नुभएको छ ।
अधिवेसनमा शुभकामना दिदै महासघका केन्द्रिय कमिटी सदस्य एङ्गल गुरुङ्ग , दिनेश सुवेदीले नवनिर्वाचित पदाधीकारीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष विक्रम निरौलालाई महासंघ जिल्ला कमिटी अध्यक्ष भवानी बरालले माईन्युट हस्तान्तरण गर्नु भएको थियो भने केन्द्रिय कमिटी उपाध्यक्ष दिपेन्द्र दाहाल महासंघको विधान प्रदान गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित