अवधिमा काम सम्पन्न नगरेको भन्दै बिर्तामोड नगरपालिकाको चेतावनी

0
SHARES
7
VIEWS

नगर अस्पताल भवन निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई सम्झौता अवधिमा काम सम्पन्न नगरेको भन्दै बिर्तामोड नगरपालिकाले चेतावनी दिएको छ ।

नगर अस्पताल भवन निर्माणको ठेक्कादार धुलिखेल निर्माण सेवा प्रालिलाई भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएको कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिन भित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरी कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

उक्त भवन २०७९ साल असार १ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तोकिएको समय भित्र काम सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्य प्रगति नदेखिए पछि अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले जानकारी दिएका छन् । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण तोकिएको समयमा काम सम्पन्न नभएको उनको भनाई छ ।

धुलिखेल निर्माण सेवा प्रालिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर अहिसम्म उक्त भवनमा फ्लोरिङ, इलेक्ट्रीसिटी, झ्याल ढोका जडान, प्लम्बिङ, रङ्ग रोगन लगायतको काम बाँकी रहेको नगरपालिकाका इन्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित