रा.वा. बैंक ५७ औँ वर्षमा प्रवेश, सबै शाखामा स्मार्ट क्यूआर टेलरको सुरुआत

0
SHARES
0
VIEWS

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५७ औँ वर्षमा प्रवेश गरेको छ।

२०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको हो। आज भर्चुअल माध्यमबाट बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव कार्यक्रम गरेको छ।

बैंकको वार्षिकोत्सव अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको हो। कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफँैमा चुनौतीपूर्ण भए पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यावसायिक रुपमा अगाडी बढिरहेको बताउनुभयो। उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्नेमा जोड दिए।

अर्थमन्त्री शर्माले कार्यक्रममा यूएसएसडी मोबाइल बैंकिङको डिस्प्ले गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँुचको विस्तार हुने बताए। उनले वार्षिककोसवका अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार–२०७८को विमोचन पनि गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारका लागि विगतमा आफूसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए। उनले अहिलेको अवस्थामा जोगिएर प्रणालीलाई जोगाउनुपर्ने धारणा राखे। उनले बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रुपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै डिजिटल सेवालाई जोड दिइरहेको बताए। उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले सबै शाखा कार्यालयमा स्मार्ट क्यूआर टेलरको शुभारम्भ गरेको छ। बैंकले अब सीमित कारोबारका लागि शाखामा जान नपर्ने गरी बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयको काउन्टरमा स्मार्ट क्यूआर सेवाको शुभारम्भ गरेको हो।

यो बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो। हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्।

कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार