खेलकुद महासङ्घ्ंले केपि ओली रोड रेश आयोजना गर्दै

0
SHARES
29
VIEWS

नेपाल खेलकुद महासंघले महाधिवेशनको पुर्वसन्ध्यामा ‘केपी ओली रोड रेस’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेलकुद महासंघले महाधिवेशनको सन्दर्भ पारेर पहिलो संस्करण अन्र्तगत ‘केपी ओली रोड रेस’ प्रतियोगिता गर्न लागेको हो । फागुन ७ गते विहान हुने ‘केपी ओली रोड रेस’ प्रतियोगितामा हजारौको सहभागिता रहने खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले बताउनुभयो ।

बिराटनगरको शहिद रंगशालामा शुरु हुने रोड रेस प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई जनही १/१ लाख १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको बस्नेतले बताउनुभयो । त्यस्तै रोड रेसमा दोस्रो स्थान हासिल गर्नेलाई ५१ हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको उहाँले बताउनुभयो । महाधिवेशनको पुर्वसन्ध्यामा महासंघले ‘पुष्पलाल स्मृती ब्याडमिन्टन’ प्रतियोगिता लगायत अरु बिभिन्न खेल खेलाउने तयारी गरेको आयोजक खेलकुद महासंघले जनाएको छ । महासंघले यसबर्षबाट शुरु गर्ने केपी ओली रोड रेस प्रतियोगितालाई हरेक बर्ष निरन्तरता दिने जनाएको छ ।

नेपाल खेलकुद महासंघको यहि फागुन ७ देखि ९ गतेसम्म बिराटनगरमा दोस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । suchanapressbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार