निलम्बित कप्तान सन्दीप लामिछाने सम्पर्कविहीन.

0
SHARES
71
VIEWS

काठमाडौं, २९ भदौ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने सम्पर्कविहीन भएका छन् ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर आरोप लागेको एक साता पुग्दै गर्दासम्म पनि सन्दीप सम्पर्कविहीन भएका छन् ।

लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसंगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको हो । विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सन्दीप गएको शुक्रबार अन्तिम पटक नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको सम्पर्कमा आएका थिए। तर त्यसपछि सन्दीप सम्पर्कमा नरहेको क्यानले जनाएको छ dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित