प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने

0
SHARES
3
VIEWS

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ ।
यस्तै स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी नेपाल झापाको बिहिबार बसेको जिल्ला कमिटिको बैठकले निर्णय गरेको हो ।
पे्रस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयजकत्वमा केन्द्रीय सदस्य एंवम प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी र प्रेस चैतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले सिफारीस गरेको सम्मानित हुने अग्रज पत्रकारहरुको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।

छनोट समितिले तयार पारेको मापदण्डका आधारमा अभिनन्दित व्यक्ति र अग्रज पत्रकार छनोट गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो ।
छनोट हुनुभएका व्यक्तिहरुलाई प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार अभिनन्दन र सम्मान गरिने छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बिषेश समारोह बिर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजना हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार