झापामा २७ जना डेंगुका विरामी

0
SHARES
2
VIEWS

मेचीनगर, ३० भदौ । झापामा डेंगुका विरामी बढ्न थालेका छन् ।
श्रोतका अनुसार झापामा २७ जना डेंगुका विरामी फेला परेको बताइएको छ ।

मंगलबार जिल्लामा भएको एक छलफलमा स्वास्थ्य कार्यालय झापाले सो संख्याका विरामी फेला परेको जानकारी गराएको छ ।

मेचीनगरमा पनि ९ जना डेंगुका विरामी फेला परेको बुझिएको छ । उनीहरु स्थानीय अस्पतालमा उपचार गराईरहेका र कोहि घर फर्किएको श्रोतले जनाएको छ । मेचीनगर नगरपालिकासँग भने सो संख्यामा विरामी भएको आधिकारिक डाटा छैन ।

डेंगुका विरामीमा टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने, शरिर कमजोर हुने लगायतका लक्षण देखिन थालेको छ ।

मेचीनगरमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि केहि दिनदेखि वडा–वडामा माईकिङ र प्रचारप्रसार गरिरहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताइन् ।

उनका अनुसार मंगलबारदेखि मेचीनगर–६ नम्बर वडाको डेंगु जोखिम क्षेत्र भएको बसपार्क, होटल लगायतमा विषादी छिट्न सुरु गरिएको छ ।

काँकरभिट्टाको विभिन्न जोखिम क्षेत्रमा विषादीसहितको ट्याङ्की बोकेर ४ जना व्यक्तिहरु ज्यालादारीका रुपमा खटिएका छन् । त्यसको समन्वय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले गरिरहेका छन् ।

पहिलो चरणमा डेंगु जोखिम क्षेत्र काँकरभिट्टा, धुलाबारी र चारआलीमा विषादी छिट्ने कार्य गरिने सापकोटाले जानकारी दिइन् ।

loktantrapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित