दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षा निकेतनका बालबालिकाको आँखा जाँच

0
SHARES
4
VIEWS

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको छ

शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको हो । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले बताउनुभयो ।

बालबालिकामा आँखाको संक्रमण हुनसक्ने र समयमा पहिचान गर्नसके थप जोखिम नहुने भएकाले परीक्षण व्यवस्थापन मिलाइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभएको छ ।

दृष्टि आँखा अस्पतालका तर्फबाट नेत्ररोग विशेषज्ञ अजितकुमार ठाकुर र रीना फियाकले बालबालिकाको आँखा परीक्षण गर्नूभएको थियो ठाकुरका अनुसार मोवाइल अत्यधिक हेर्ने बालबालिकामा आँखाको समस्या धेरै देखिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित