कुरिलो र च्याउ खेतीबाट बार्षिक ८ लाख मुनाफा कमाउदै न्यौपाने दम्पती

0
SHARES
137
VIEWS

राजकुमार ओली

कन्काइ दुर्गापुर

झापाको कन्काइ नगरपालिकामा जमिन लिजमा लिएर ददिराम न्यौपानेले कुरिलो र च्याउं बेचेर बार्षिक ८लाख कमाउनुहुन्छ ।
बैदेशिक रोगजारीलाइ बेवास्था गर्दै कृर्षि पेशामा रमाउदै आएका गौराहद ५ बालुवथानका न्यौपानेले कन्काइ नगरपालिकाको दुर्गापुरमा २ विगाहा जमिन लिजमा लिएर गरिएको कुरिलो तथा च्याउ खेतीबा बार्षिक ८लाख कमाउदै आउनुभएको हो ।
कनकाई नगरपालिका –६ मा लिजमा लिएको जमिनबाट दधिराम न्यौपाने च्याउखेती तथा कुरिलो र सव्जी खेतीबाट हुने आम्दानी देखेर सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा तथा कुरिलो बेचेरै वार्षिक ८ लाख मुनाफा आर्जन गर्दै आउनुभएको हो ।अझ यो वर्ष त टनेल नै लगाएर रायोको साग समेत उत्पादन गर्न थाल्नुभएको छ ।

१२ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार बाट लगानी शूरु गरेर बनाएको एउटा टहराबाट उहाँले च्याउखेती सुरु गर्नुभएको थियो । एउटा टहरामा चार सय ५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उहाँमा च्याउखेतीप्रतिको उत्साह बढ्यो । थप डेढ बिघा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गर्नुभयो । उहाँले हाल १० टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहनुभएको छ।कुरिलो खेतभरि हरिहराउ देखिन्छ ।

 

झापामा हाल वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यो मध्ये न्यौपानेको च्याउ उत्पादन नमुना च्याउ बनेको ज्ञान केन्द्रले बताएको हो ।

एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले झापाका गाउँ–गाउँमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।

विर्तामोडका किसान विदुर तिवारी समेत न्यौपानेको च्याउ उत्पादनले आफु जस्ता व्यावसायीहरुलाइ उत्साहित बनाएको बताउनुहुन्छ ।ददिरामलाइ पुरै श्रीमतीको साथ छ ,स्कुलको जागिर छाडेर श्रीमानलाइ सघाउदै आउनुभएकी सविता खनालको उत्साहित साथले पनि ददिराम को हौसला अझ उर्जासिल भएको देखिन्छ ।

हाल लिजमा लिएको जमिनमा नै सानो कटेरो बनाएर बसेको न्यौपाने जोडीको उत्साह हेर्न लायक देखिन्छ ,यो वेमौसमको समयमा पनि टनेल बनाएर रायोको साग उत्पादन गर्दै आउनुभएकी सन्चालक सविता खनाललाइ हिमशिखर टेलिभिजनको टीमले कुरिलो बारीमा काम गर्दै गरेको भेटेपनि उनको जवाफ यस्तो छ ।लाज मानेर शहरीया भएर कृर्षिमा केही गर्न सकिदैन ,हिम्मत गरेर परिश्रम गर्न सक्ने हो भने भविस्य यसैमा छ ,उहाँले हिलो हातलाइ सलले पुछदै भन्नुभयो मैले स्कुलको जागिर छाडेर च्याउ र कुरिलो खेतीमा लागिपरे हाल निक्कै खुसी छु, अहिले झापाका दुर्गम तथा बजार क्षेत्रबाट मात्रौ होइन बाहिरी जिल्लाबाट समेत आफुहरुको कृर्षि फर्म हेर्न आउदा आनन्द लाग्ने गरेको उहाँ बताउनुहुन्छ ,

हाल झापा जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ । विगतमा भारतबाट च्याउको विजन ल्याएर खेती गर्दैै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् । जिल्लामा करिब २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेती सुरुआत गर्नुभएको थियो ।

उहाँले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गर्दै आएका छन ।ददिरामले पनि ससुराली गाँउबाट केही गर्न सिकेको बताउनुभयो ा।
रतुवा र किस्ने खोलाको बगर क्षेत्रका आफ्ना जमिनहरु सुख्खाा तथा कम आन्दानी हुने क्षेत्र भएकोले ससुराली गााउ दुर्गापुरमा जमिन लिजमा लिएर कुरिलो तथा च्याउ खेती सन्चालन गरेको उहाँको अनुभव छ ।कुनै समयको खेलमैदान जस्तो रुखो डाँडो जमिनलाइ लिजमा लिएर न्यौपाने दम्पनीले हराभरा बनाएका मात्रै छैनन ,स्थानियबासीहरुको हौसलाको पात्र समेत बनेका छन ।स्थानिय छिमेकी हरु समेत खनाल चेली र न्यौपाने ज्वाइँको मेहनत देखेर दगं पर्ने गरेको सुनाँउनुहुन्छ ,,,,,,,,,,,,,,,,

“थोरै लगानी अनि अलि बढी मेहेनत गर्दा हुँदोरहेछ”, च्याउ किसान दधिराम किसान न्यौपानेले भन्नुभएको छ ।बजारको लागि सिटी मै आफै विहान विर्तामोडको कृर्षि थोक पुराउने तथा रामै्र दाममा च्याउ तथा कुरिलोको बजार भेटिएको उहाँ बताउनुहुन्छ,,,,,,,,,,,,,,,,

“बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ । खुसी र सन्तुष्ट छु च्याउखेतीबाट ।” कन्ये र मिल्की ह्वाइट जातको च्याउखेती गर्दै आउनुभएको न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ विर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी एक सय ६० र मिल्की ह्वाइट तीन सयमा बिक्री हुँदै हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र झापाले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८÷७९ मा १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ । जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा रु १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बीउ उत्पादन गर्दै आएको पाथीभराले १२ साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।सेोही अनुदान मध्ये न्यौपाने दम्पतीले समेत केही सरकारबाट अनुदान पाएका छन ।तर उनीहरुले स्थानिय सरकारबाट भने जस्तो सहयोग नपाएको गुनासो गर्नूभएको छ ।

केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटी एक वर्षमा १८ किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिदै युवा लक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई ८७ हजार, रीता च्याउ उद्योग दमकलाई ८४ हजार ,, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई ८५ हजार , शान्ति च्याउ उद्योग गौरादहलाई एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई एक लाख अनुदान उपलब्ध गराइएको गराएको छ।तर अन्यको अनुपातमा आफुहरुले अनुदान कम पाएपनि अनुदानले किसानलाइ फाइदा पुग्ने भन्दा पनि अल्झी बनाउने सविता न्यौपानेको अनुभव छ ।,,

बजारको समस्या नहुने, घरबाटै बिक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण पछिल्लो समय बढ्दै गएको छ ।” प्रोटिनयुक्त कुरिलो र र च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने साथै एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले चयाउखेती रोज्ने गरेको कृर्षि विज्ञ राजेन्द्र खरेल बताउनुहुन्छ ।

आफुले हिजो पनि झापाका किसानमा अनुदान तथा बजारीकरणमा निक्कै सहयोग गरेको र अवको दिनमा पनि सरकारले मेहनती किसानलाइ सहयोग गरिरहेको अनुभव सुनाउनुहुन्छ ।न्यौपानेले शन्देश च्याउ उद्दोग तथा नरेन प्राडगरिक कुरिलो तथा कृर्षि फर्म सन्चालन गरेर बार्षिक ८ लाख रुपैया मुनाफा कमाउदै आउनुभएको हो ।बैकबाट तथा आफन्तबाट १५लाख रिन लिएर शूरु गरिएको कुरिलो तथा च्याउ फर्मले न्यौपाने दम्पती मध्य झापाको नमुना किसान बन्नुभएको हो ।

जिल्लाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ ।

च्याउखेतीको महत्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । कुरिलो तथा च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौवटै अमिनो एसिड पाइन्छ । चिकित्सकका अनुसार च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ भने यसमा माछा, मासुभन्दा बढी पौष्टिकता पाइन्छ ।सवैले ददिराम र सविता जस्तै उर्जाशिल भएर कृर्षि पेशामा लाग्न सके विदेश जानुपर्ने तथा बैदेशिक रोजगारबाट हुने जोखिम समेत मोल्नुपर्ने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित