प्रदेश १ सरकार निर्माणको काममा थप उल्झन

0
SHARES
9
VIEWS

प्रदेश १ सरकार निर्माणमा निणर्यक दल बनेका छन् जनता समाजवादी पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि । तर यी दुवै पार्टिले अहिले सम्म सरकारमा जाने वा नजाने भन्नेबारेमा ठोस निणर्य नगरेका कारण यहाँको सरकार निर्माणमा अन्यौलता बढेको छ । अझ व्यक्तिगत रुपमा आउने टिप्पणी र अभिव्यक्तिले सरकार निर्माणको काममा थप उल्झन बढाइरहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ ढंगले अघि बढ्ने अभिव्यक्ति दिएपछि प्रदेश १ को राजनीति तरंगित बन्यो । यादवको विचारले हालै सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा बहुमत प्राप्त गरेको एमाले गठबन्धनको सत्तारोहण अन्योल बनेको छ । सत्ता गठबन्धनले पनि जसपा र राप्रपालाई सरकार गठनका लागि फकाइरहेको छ ।

यस प्रदेशमा एमाले गठबन्धन वा सत्ता गठबन्धनमध्ये कसको सरकार बन्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ । सरकार गठनका लागि दुवै गठबन्धनले जसपा र राप्रपाको निणर्य पर्खिरहेका छन् । प्रदेश १ मा नेकपा एमाले सबै भन्दा ठूलो दल बनेको छ ।

९३ सदस्यीय प्रदेश १ सभामा समानुपातिकतर्फ १५ र प्रत्यक्षको २५ गरी एमालेले ४०, कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकको १२ गरी २९, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकको ४ गरी १३ सिट जितेको छ । यस्तै, राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६, एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ र जसपाले समानुपातिकमा १ सिट जितेको छ ।

दलहरूले प्राप्त गरेको सिट संख्याको आधारमा एमाले गठबन्धनले ४७ प्रदेश सांसदसहित बहुमत प्राप्त गरेको छ । प्रदेश सरकार गठनका लागि जसपाको समर्थन निणर्ायक बनेको छ । सुनसरी १ बाट एमालेको सहयोगमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले अध्यक्ष यादवको भनाइलाई व्यक्तिगत भन्नु भएको छ । दुवैको अभिव्यक्ति व्यक्तिगत हुनु स्वाभाविक भएको जसपाका प्रवक्ता मनीष सुमन टिप्पणी गर्न हुन्छ । यादव, राई र सुमन तीनै जनाले पार्टीको बैठकले सरकारमा सहभागिता जनाउने वा के गर्ने भन्ने विषयमा निणर्य लिने प्रष्ट पारेका छन् ।

जसपाको केन्द्रीय बैठकले निणर्य नगरुञ्जेल प्रदेश १ सरकार गठन अन्योल बन्ने भएको छ । यस प्रदेशमा जसपाले समानुपातिकमा पाउने एक जना प्रदेश सांसद नै सरकार गठनका लागि निणर्ायक बनेको हो ।

एमाले गठबन्धनमा रहेर चुनाव लडेको राप्रपाले पनि एमालेसँगै गठबन्धन गरेर जाने निश्चित देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाको पनि यादवकै जस्तै भनाइ राखेका छन् । ‘निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेश सांसद निर्वाचित गरेपछि सत्ता साझेदारीको विषयमा निणर्य गरेर अघि बढ्छौं,’ थापाले भन्नु भयो ‘एमाले गठबन्धनसँगै सरकारमा जाने कुरा अहिले भएको छैन, अब पार्टीको निणर्य गरेर अघि बढ्छौं ।’

राप्रपाले प्रतिपक्षमा नै बस्ने संकेत गरिसकेकाले एमालेको सरकार गठन चुनौतीपूणर् देखिएको छ ।ojjalobata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार