एसइइको परिणामले किशोरकिशोरीहरुमा पार्ने मनोसामाजिक समस्या डरलाग्दो

0
SHARES
230
VIEWS
सरस्वती मिश्र  ( मनोविद )
आफुले आफैलाई मार्ने वा समाप्त पार्ने उदेश्यले गरिने कार्यलाई आत्महत्या भनिन्छ । भरखरैमात्र एस इ इ को नतिजा प्रकाशित भएको छ ।
गतवर्षहरुमा पनि एस इ इ को नतिजा प्रकाशनपश्चात धेरै किशोरकिशोरीहरुले आत्महत्याको बाटो रोजेको घटनाहरु बाहिरीएका थिए ।
नेपालको विद्दमान शैक्षिक मुल्याङकन पद्घति, परिवारको शिक्षाप्रतिको दृिष्टकोण, पारिवारिक दवाव, उच्च महत्वकांक्षा जस्ता प्राथमिक कारणहरु जसले गर्दा भविष्यका कर्णधार किशोरकिशोरीहरुले ज्यान गुमाउन पुगेका छन् ।
सामाजिक संजालमा मेरो छोरा, छोरी,भान्जा,भान्जी,भतिजा,भतिजी आदी इत्यादीले यो ग्रेड अथवा जी.पी.ए. प्राप्त गरकोमा बधाई भनेर प्राप्ताङक सहित हालेका पोष्टहरुले कम ग्रेड अथवा जी.पी.ए. प्राप्त गरेका किशोरकिशोरी साथै उनीहरुको परिवारले कस्तो महशुस गर्दछन् भनेर अन्दाजा लगाउन सकिन्छ ।
कुन ैपनि घटना घटेपश्चात व्यतिले उक्त घटनाप्रति ३ प्रकारले प्रतिकृया दिने गदर्छ । समस्यासगं जुध्ने समस्याबाट भाग्ने र कुनै प्रतिकृया नदेखाउने यिनै तीन तरिकाबाट व्यतिले घटनाप्रति प्रतिकृया देखाउंछ ।
आत्महत्याको कारण तथा जोखिमहरु
 बालबालिकाहरुको रुची, चाख र क्षमता भन्दापनि परिवारको दबाबका आधारमा कुन विषय पढने भन्ने कुराको निर्णय गरिंदा बालबालिका,किशोरकिशोरिहरुको मनोविज्ञानमा नकारात्मक असर पर्दछ ।
 विद्दाथीको क्षमतालाई मुल्याङकन गरिने आधार वा पद्दति उपयुक्त नहदा पनि किशोरकिशोरि,बालबालिकाहरुले आत्महत्याजस्तो जघन्यअपराधलाई मृत्युकोरुपमा अगाल्न बाध्य हुनपुग्छन् ।
 पहिलापनि आत्महत्याको प्रयास गरेको,मानशिक स्वास्थ्य समस्या जस्तै उदाशिनताको समस्या भएको
 नजिकको आफन्त, प्रियव्यति गमाउनु
 शारिरिक वा मानसिक हिंसा वा दुर्ववहारको शिकार भएको
 लागुपदार्थ वा मध्यपानको समस्यामा परेको
 इच्छा विपरित गर्भवति हुनु परेको
 नजिकको साथीले आत्महत्या गरेको सुन्नु वा देख्नु
 आफ्नो लिङग वा पहिचानमा अनिश्चतता हुनु
 पारिवारिक विखण्डन,झैझगडा तथा घरायसी वातावरण अस्तव्यस्त हुनु
आत्महत्याको लक्षणहरु
 आत्महत्याको सोचाई वारम्वार आईरहनु, योजना बनाउनु
 आत्महत्या गर्न प्रयोग गरिने साधनहरु जस्तै डोरी,विषादी,हतियार किनेर वा संकलन गरेर राख्नु
 सामाजिक व्यवहार बाट टाढिनु जस्तै विवाह,पुजा नजस्ता सामाजिक क्रियाकलापमा संलग्न नहुनु
 निरासावादी सोचाईहरु आईरहनु,
विनाकारण एकैछिनमा खुसीलाग्नु वा दुखलाग्नु
 मध्यपान तथा लागुऔषध सेवनमा वृद्घि
 सामान्य दैनिकीमा परिवर्तन हन जस्तै खाने सुत्ने समय, सरसफाई,रुची वा चाख
  आफन्त वा साथीभाईहरु सगं विदावारि हुनु
आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु
 आफ्ना नानीबाबुहरुलाई छरछिमेक, आफ्न्त नातागोताका व्यतिहरुका नानीबाबुहरु सँग तुलना गर्ने परिपाटीलाई अन्त्य गर्नसके केहीहदसम्म भएपनि आत्महत्याको जोखिमलाई कमगर्न सकिन्छ ।
  एस इ इ लाई अति प्रथमिकता दिंदा यस्ता किसिमका आत्महत्या जस्ता घटनाहरु घट्न पुगेको देखिन्छ । जग बलियो भएमात्र घर बलियो बनाउन सकिन्छ भन्ने उक्तिmलाई चरितार्थक पार्ने हो भने बालबालिकाहरुलाई सैद्घान्तिक शिक्षा सगंसगै व्यवहारिक शिक्षामा जोडदिन सकेपनि आत्महत्याको जोखिमलाई न्युनीकरण गर्न सकिन्छ ।
 क्लिला बालबालिका तथा किशोरकिशोरिहरुको मानसिकतामा नकारात्मक असर पर्ने व्यवहार जस्तै दवाव, धम्की,यातनालाई न्यनीकरण, समाप्त गर्न जरुरी देखिन्छ ।
 सही अनुशाशन र व्यवहार सिकाउन सकेमात्र हाम्रा कलिला नानीबाबुहरुले समस्यासगं सामना गर्ने सिप सिक्न सक्दछन् न कि समस्यादेखि भाग्ने । ,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित