षड्यन्त्रकारी केन्द्र बनाउन उद्यत छन …ओली

0
SHARES
23
VIEWS

’ प्रतिक्रियावादीहरूले गेरूबस्त्र फालेर गठबन्धनका नाममा एक ठाउँमा उभिएको  एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन् ।

झण्डै दुई तिहाईको नेकपाको सरकार गिराउन प्रतिक्रियावादीहरु जसरी सक्रिया भए त्यसरी नै अहिले एमाले सिध्याउने, केपी ओली बिनाको एमाले बनाउने, एमाले बिनाको नेपाल बनाउने सोचाईमा गठबन्धनका मान्छेहरु लागिरहेको अध्यक्ष ओलीको भनाई छ ।

झापाको बिर्तामोडमा आज शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा एस मिलेर समाजवादी केन्द्र बनाउन भइरहेको प्रयासप्रति टिप्पणी गरे । अध्यक्ष ओलीले ‘समाजवादी केन्द्र होइन षड्यन्त्रकारी केन्द्र बनाउने अनि एमाले सिध्याउने दिवासपना साँचिरहेको’ भनी कटाक्ष गरे ।

देशमा बहुदल आएपछि नेपाली कांग्रेस २८ वर्ष सत्तामा बस्यो र २१ वर्ष त नेतृत्वमा नै बस्यो । तर खै के गरेको छ देखिने कामहरू देखाउन सक्छन् रु ओलीको प्रश्न छ । एमालेले पछिल्लो पटक साढे तीन वर्ष सरकार चलाउँदा कोरोना महामारीसँग जुझ्दै पनि अनेकन राम्रा काम गरेको भनी उनले फेहरिस्ता सुनाए ।

 

हिजो पार्टी एकीकरण प्रक्रियामा रहँदा पार्टीका संगठनहरु झन् क्षत विक्षत भएकोले अराजकता बढेको जनाउँदै उनले आज पार्टीको नयाँ चरण सुरू भएको जनाए । ‘यस्तो बेलामा एमाले ठिक ठाउँमा छ, तपाईंको अग्रसरतामा नियमित रूपमा मिटिङ बैठक गरेर जनसंगठन परिचालित गर्नु जरूरी छ । टोलटोलमा संगठन घरघरमा सदस्य अभियान चलाउनोस्’ पार्टी कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन थियो ।

‘देशलाई ओरालोमा गइरहन दिइँदैन, अर्थतन्त्रमा तरलताको अभाव खेपिरहन सक्दैनौ, यसको समाधानका लागि गठबन्धनका मान्छेले केही गरिरहेका छैनन्, यो अवस्था सधैं रहिरहन दिन सकिन्न । परमादेशी साँठगाँठको अन्त्य तत्काल आवश्यक छ’ पूर्वप्रधानमन्त्री ओलीको भनाई थियो ।

‘निर्वाचनको माध्यमबाट गठबन्धन भत्काउनु छ, देशलाई बरवाद हुनबाट बचाउनु छ । जनतालाई सचेत गराएर मुलुकलाई ध्वस्त हुनबाट बचाउनु छ । बर्वादीबाट बचाउन एमालेको सरकार बन्नुपर्छ’ एमाले अध्यक्ष ओलीको दृढता छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित