विर्तामोडको हिमाल सागर पार्टी प्यालेसमा ११ दिने शिवपुराण आयोजना हुदै… २४ गते समापन

0
SHARES
25
VIEWS

बिर्तामोड–२ रामचोकको हिमाल सागर पार्टी प्यालेसमा दैवीप्रकोप सहायता कोष स्थापना गर्ने उद्देश्यले आजबाट ११ दिने श्री शिवमहापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

धार्मिक अनुष्ठान सेवा समाज र ईश्वरादेवी तथा दीपा संग्रौलाको संयुक्त आयोजनामा शिवमहापुराण हुन लागेको हो ।

शनिबार आज शोभायात्राको कार्यक्रम रहेको र ११ दिनसम्म लगातार अनुष्ठान सन्चालन हुने अनुष्ठानका संयोजक देवीप्रसाद संग्रौलाले बताए । डा केशवनन्द गुरु महाराज महायज्ञ उद्घाटन गर्ने तयारी छ ।

दैवीप्रकोप सहायता कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । भक्तजनले दिने भेटी र धार्मिक अनुष्ठान सेवा समाजको सदस्यता वितरणबाट संकलित रकम आम्दानीको मुख्य स्रोत हो ।

आजीवन सदस्य बन्न तीन हजार रुपैयाँ संस्थालाई सहयोग गर्नुपर्छ । पाँच बर्ष भित्रमा एक लाख जना सदस्य बनाउने धार्मिक अनुष्ठान सेवा समाजका अध्यक्ष माधव खनालले बताए ।

धार्मिक अनुष्ठान सेवा समाजले यो पटक आयोजना गर्ने पुराण १० औं पुराण हो । साउन १४ देखि २४ गतेसम्म आयोजना हुने महायज्ञमा प्रमुख वाचक पण्डित दिनानाथ मिश्र, उपवाचक पण्डित देवेन्द्र पौडेल रहने छन् । पाठ पारायण भने पण्डित भीमप्रसाद मिश्रले गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित