अखिल नेपाल महिला सघं प्रदेश यूवा कमिटी , अध्यक्षमा दमककी अधिकारी

0
SHARES
31
VIEWS

नेकपा एमालेमा सम्बद्ध अखिल नेपाल महिला सघंले यूवा महिलाहरुको समिती बनाएको छ । आईतबार धनकुटामा प्रदेश स्तरिय भेलाको आयोजना गरि नयाँ समिती निर्माण गरिएको हो । सो समितीको नाम अखिल नेपाल महिला सघं प्रदेश यूवा कमिटी राखीएको छ ।

यसको ५१ सदस्यको नयाँ कमिटी गठन गरिएको बताइएको छ । नव गठीत कमिटीको अध्यक्षमा झापा दमककी शुभेच्छा अधिकारी सापकोटा चयन हुनु भएको छ । अनेमसघंको दमक नगर कमिटीमा रहेर आफुलाई नेतृत्वमा स्थापीत गर्दै आउनु भएकी नेतृ अधिकारीलाई अनेमसंघ अन्गर्तगतको प्रदेशको यूवा कमिटीको जिम्मेवारी दिएको हो । यसको उपाध्यक्षमा मोरङकी कविता बान्तावा राई चयन हुनु भएको छ ।

यसै गरि सचिवमा सुनसरीकी दुर्र्गा गौतम चयन हुँदा उप –सचिवमा धनकुटा र उदयपुरका क्रमश सीता बराल र मनिता पौडेल चयन हुनु भएको छ । यसै गरि कोषाध्यक्षमा भोजपुरकी शुसिला तामाङलाई चयन गरिको छ ।

प्रदेश १ स्तरिय भेलाले यूवा कमिटी गठन गर्दै ७ बुदे धनकुटा घोषणा पत्र पनि सार्वजनिक गरेको छ । समसामयीक राजनैतिक विषय र जनताका दैनिकसँग जोडिएका विषयलाई समेटर सघंले धनकुटा घोषणा पत्र जारी गरेकोे हो ।

यी हुन घोषणापत्रमा उल्लेख भएका वुदाहरु : –
१) परमादेशी सरकारले नेपाली जनताको ढाड सेक्नेगरी मुल्य बृद्धि , मंहंगी बढाएको हुँदा नियन्त्रणकालागि यो भेला जोडदार माग गर्दछ ।–

२) प्रदेश १ को नामाकरण ५ वर्ष बित्न लाग्दा पनि अहिले सम्म हुन नसक्नुमा दुख व्यक्त गर्दै अविलम्भ सर्वस्विकार्य साझा अपनत्व ग्रहण हुने गरिको नाम तत्काल घोषणा गर्न माग गर्दछ ।

३)आज यस कार्यक्रममा सहभागी भइरहदा खोटाङमा केन्द्रबिन्दु बनाइ भोजपुर लगायत आसपासका क्षेत्रमा आएको भुकम्पका कारण भएको भौतीक क्षतीको क्षती पुर्ति दिन भेला जोडदार माग गर्दछ । साथै पीडितलाई तत्कालै राहत उपलब्ध गराउन समेत जोडदार माग गर्दछ ।

४) हालै संघिय संसद र राष्ट्रिय सभाबाट पास भइ नागरिकता विधेयक सम्मानीय राष्ट्रपतिसमक्ष प्रमाणिकरणकालागि पेष भएको हुँदा खासगरी नेपाली पूरुषले विदेशी महिलालाई विवाह गरेर नेपाल ल्याउन साथ नागरिकता दिने प्रावधानलाई हामीले गम्भिर रुपमा लिएका छौ । यो राष्ट्रिय हितमा नभएको र राष्ट्रियतामै खलल पुग्ने भएको हुँदा सो नागरिकता विधेयक तत्कालै ंसंसद मार्फत फिर्ता लिन भेलाले जोडदार माग गरेको छ ।

५) समाजमा बढ्दै गएको खासगरी यौनजन्य हिंसाको चपेटामा बालीकाहरु पर्ने गरेका छन् । जस्तै शिक्षकबाट छात्रा, घरपरिवारका अभिभावकहरुबाट छोरी , बहिनी , बुहारी, विभिन्न कार्यस्थलमा महिला कर्मचारीमा हुने यौन हिंसाको यो भेलाले घोर भर्तसना गर्दछ । साथै बाल विवाह, दाईजो लगायतका कु प्रथाको सदाको अन्त्यको माग गर्दै यस्ता कार्यको नियन्त्रण गरि दोषी उपर कडा भन्दा कडा कार्वाहिकालागि समेत माग गर्दछ ।

६) हालै विद्युतिय कारोबार ऐनको बर्खिलापमा साईबर क्राईमको घटना हरपल बढीरहेको हुँदा हामी राजनितीमा लागेका महिलाहरु समेत यसको चपेटामा परेका छौ । तसर्थ यस्ता अपराधको तत्काल रोकथाम गर्न समेत यो भेला जोडदार माग राख्दछ ।

७) अखिल नेपाल महिला सघंमा १८–३० वर्ष उमेर भएका यूवाहरुलाई यो सघंमा आगामी दिनहरुमा कम्तिमा १५ हजार सदस्य पुर्याउने गरि सदस्यता विस्तार गर्न सबै महिला कमिटिहरुमा यो भेला निर्देशन समेत गर्दछ uujalobata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित